भारतीय श्रमिकलाई फिर्ता पठाइयो

भारतीय श्रमिकलाई फिर्ता पठाइयो

परासी : पश्चिम नवलपरासीका विभिन्न सीमावर्ती नाकाबाट छिरेका खेत रोप्ने भारतीय श्रमिकलाई बिहीबार फिर्ता पठाइएको छ। 

सीमावर्ती नाकामा आउजाउमा रोक लगाइए पनि करिब दुई हजारभन्दा बढीको संख्यामा भारतीय श्रमिक जिल्ला छिरेको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएको थियो। ठूलो संख्यामा श्रमिक छिरेसँगै नाकाको कडाइ 

फितलो देखिएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सशस्त्र र नेपाल प्रहरीका जिल्ला प्रमुखहरूको टोली आफैं पुगेर उनीहरूको खोजी गरेको थियो। 

जिल्लाका विभिन्न ठाउँमा समूह बनाएर हिँडिरहेका भारतीय श्रमिकलाई नियन्त्रणमा लिएर उनीहरू जताबाट आएको हो त्यतै फर्काइएको  प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। उनीहरूलाई फिर्ता पठाउन प्रहरीले गाडी र ट्याक्टरको व्यवस्था गरेर महेशपुरको नाकासम्म पुर्‍याएको थियो। त्यहीबाट उनीहरू 

भारततर्फ गएका हुन्। अझै पनि श्रमिकहरूको निगरानी गरी खोजी भइरहेको मिश्रले बताए। 

प्रमुख नाका बन्द रहेकाले सुरक्षाकर्मीको आँखा छलेर उनीहरू खेत र अन्य बाटो प्रयोग गरेर जिल्ला छिरेको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ छ। हरेक वर्ष खेत रोप्ने समयमा कामको खोजी गर्दै भारतको उत्तर प्रदेश र बिहारबाट  श्रमिक जिल्लामा आउने गरेका छन्। भारतमा भन्दा नेपालमा ज्याला बढी पाइने भएकाले रोपाइको समयमा उनीहरू नेपाल आउने गर्दछन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.