ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

राजविराज : पेट्रोल लिएर पूर्वबाट आउँदै गरेको एउटै ट्यांकरले सप्तरीमा शनिबार दुई किलोमिटरको फरकमा दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ।

दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यशोदाकुमारी र कञ्चनरुप नगरपालिका–६ घोघनपुरका अरन्जैब मियाँकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

प्रमाणी स ११ प २५८५ नम्बरको मोटरसाइकलमा र प्रविण स २ प ५२४५ नम्बरको मोटरसाइकल पछाडि सवार थिइन्। सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ सितापुरमा स ११ प २५८५ नम्बरको मोटरसाइकललाई र चाँदनी चौकमा स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ना ७ ख ५४९५ नम्बरको ट्यांकरले ठक्कर दिएको स्थानीयवासीले बताए।

सितापुरमा रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएपछि तोडफोड र कुटपिटका डरले भागेको ट्यांकरले दुई किलोमिटर पश्चिममा गुडिरहेको स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयवासीले बताए। 

ठक्कर दिएर भागेको ट्यांकरलाई नियन्त्रणमा लिन मोटरसाइकलले पिछा गरेपछि तिब्र गतिमा कुदाएको ट्यांकर अनियन्त्रित हुँदा अर्को दुर्घटना भएको हो। सोही ट्यांकरले सात किलोमिटर पश्चिम रुपनी चोकमा एउटा कुकुरलाई किचेको प्रत्यक्षदर्शीले बताए।

दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेवी र मामा कुसुमलाल मण्डल घाइते भएका छन्। यसैगरी सुमैयाकी आमा नविया प्रविण घाइते भएकी छन्। घाइतेको कञ्चनरुप नगरपालिकाको ठेलियास्थित धमेश्वर अस्पतलामा उपचार भइरहेको छ। 

मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले सवारी साधन चलाउनेलाई कारवाही हुनुपर्ने माग गर्दै स्थानीयवासीले केहीबेर सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन्। 

रुपनी–राजविराज सडक खण्डमा रहेको अधिकारी पेट्रोल पम्पमा रोकिएको बेला प्रहरीले ट्यांकर नियन्त्रणमा लिएको छ। ठक्कर दिने ट्यांकर र चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको एसपी राजेन्द्रप्रसाद धमलाले बताए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.