यार्सा टिप्न गएका युवा मृत भेटिए

यार्सा टिप्न गएका युवा मृत भेटिए

जोमसोम : यार्सा गुम्बा टिप्न मुस्ताङको टुकुचे माथिको पाटनमा गएका एक युवा ३ दिनपछि मृत फेला  परेका छन्। रोल्पा जिल्ला साविक उवा गाविस १ घर भई मुस्ताङको थासाङ गापा-१ टुकुचे गाउँमा लामो समयदेखि ज्याला मजदुरीको काम गर्दै आएका वर्ष २१ का नकस पुनमगरको पाटन पुगेर र्फिर्कने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिप्रका मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार बिहीबार यार्सा तथा बन्य जडिबुटी टिपेर सोही दिनमै फर्किने गरी टुकुचे स्थित पाटन लेंकमा पुगेका ति युवा थापाखोला हाइड्रो पावरको माथिल्लो ड्याम नजिक मृत फेला परेका हुन्। 

जडिबुटी खोज्न लेंक पुगेका युवा ३ दिनसम्म घर नर्फिर्कएपछि उनका आफन्तले खोजतलास गरेका थिए। शनिबार यार्सा खोज्न गएका युवाको शव भेटिएको हो।  यार्सा टिपेर फर्किने क्रममा मृत्यु भएका युवाको शव शनिबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। पाटन पुगेर घर फर्किदै गरेका युवा जंगलबीचमा पर्ने थापा खोला तर्ने क्रममा चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

थापाखोला हाइड्रो पावरको माथिल्लो ड्याम नजिक युवाको शव फेला परेको सूचना प्राप्त भएपछि जोमसोमबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली मृत शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि जोमसोम ल्याइएको छ। घटना बारे थपअनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका पाटन लेंकमा यतिबेला यार्सा गुम्बा टिप्ने सिजन हो। योसंगै मुस्ताङका पाटनमा बनलसुन ,जिम्बु, निउरो र टुसा आदि पाइने गर्छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.