प्रदेश १ मा १८ प्रतिशत धान रोपाइँ

प्रदेश १ मा १८ प्रतिशत धान रोपाइँ

बिराटनगर : धान उत्पादनको उर्भर भूमि मानिने प्रदेश १ मा असार १५ गते सम्म १८ प्रतिशत धान रोपाइँ भएको छ । धान दिवसको रुपमा मनाउने असार १५ गते सम्म प्रदेश १ को मध्य पहाडि जिल्लामा सबैभन्दा बढी २८ प्रतिशत र सबैभन्दा कम तराईका जिल्लामा १४ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरले जनाएको छ ।

प्रदेश १ मा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको हालसम्म ३२ हजार २१ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ ।  गत वर्ष हालसम्म २२ प्रतिशत धान रोपाइँएको भएको थियो  । प्रदेशको १ मध्य पहाडि जिल्लामा २८ प्रतिशत धान रोपाइँ भएको छ । ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा हुँदै आएको धान खेतीमध्ये हालसम्म २५ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । 

उच्च पहाडि जिल्लाको सोलुखुम्बुमा सबैभन्दा बढी ४६ प्रतिशत धान रोपाइँएको भएको छ  । धान रोप्नको लागि चाहिने उपयुक्त समय र निरन्तर आकाशे पानी आउनाले रोपाइँ बढी भएको कृर्षि अर्थ विज्ञ नेत्रमणी काफ्लेले जानकारी दिए । उच्च पहाडि जिल्लाको ताप्लेजङमा  ८  हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा २२ प्रतिशत धान रोपाइँ भएको छ ।

संखुवासाभामा १३ हजार ८सय ५१ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा १० प्रतिशत धान रोपाइँ भएको छ । त्यसैगरी मध्य पहाडि जिल्ला ओखलढुङ्गमा ४ हजार ४सय ३ हेक्टर क्षेत्रफल मध्ये ११  प्रतिशत धान रोपाइँ भएको छ  ।

भोजपुरमा१८ हजार ९२  हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ५० प्रतिशतमा धान रोपाइँ भएको छ । धनकुटामा ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएकोमो १५ प्रतिशत, तेह्रथुममा  १० हजार १सय ७५  हेक्टर क्षेत्रफलमध्ये  ३५ प्रतिशत,  उदयपुरमा १३ हजार ३ सय  ८० हेक्टरमध्ये १२ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै खोटाङमा १२ हजार ८ सय ९८ मध्ये  ३० प्रतिशत रोपाइँ सम्पन भएको छ ।  

पाचँथरमा ९ हजार २सय ३ हेक्टर क्षेत्रफलमध्ये २७ प्रतिशत , इलाममा १४ हजार ८ सय १५ हेक्टर क्षेत्रफलमध्ये २२ प्रतिशत धान रोपाइँ भएको छ ।  धान खेतीको लागि चाहिने पानी प्रयाप्त भएकाले धान रोपाइँले गति लिएको र  सबैभन्दा बढी धान उत्पादन हुने पुर्वमा उल्लेख्नीय धान रोपाइँ हुन नसकेको हो । कृषि विकास निर्देशनालयले रोपाइँको सिजन अहिले रहेकाले पहाडी जिल्लामा साउन भरीको रोपाइलाई उपयुक्त मानिने जनाएको छ ।  तराईका जिल्लामा भदौ १५ सम्मको धान रोपाइँ हुने गरेको कृर्षि अर्थ विज्ञ काफ्लेले  जानकारी  दिए  ।

प्रदेश १को तीन वटा तराइको जिल्लामा धान रोपाइँ उल्लेख्नीय नहुनुमा सुनसरी मोरङ सिचाइँ योजनाको नहरमा रोपाइँको बेला पानी नछोड्नु र अकाशे पानी समेत निरन्तर नभएकाले धान रोपाइँ प्रभावित बनेको बताइएको छ । 

झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने मध्ये १७ प्रतिशत धान रोपाइँ भएको छ । झापा धान जोनको रुपमा स्थापित छ । मोरङमा भने १२ प्रतिशत धान रोपाइँ भएको छ । मोरङमा ८३ हजार ३ सय हेक्टर धान खेति हुने क्षेत्रफल मध्ये ९ हजार ९ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

२०७२ सालमा अविरल वर्षासँगै आएको बाढीले मोरङको  लोहन्द्रा  खोलामा आएको बाढी नहर बगाउँदा  लोहन्द्रा देखि दक्षिण  केराउन सँगै रंगेलीसम्म र कानेपोखरी रंगेली रोडको पश्चिमका करिब १० हजार हेक्टर धान खेती गर्न समस्या हुने गरेकाले पानीको अभावमा रोपाइँ प्रभावित बनेको बताइएको छ ।   

सुनसरीमा ५५ हजार  हेक्टर क्षेत्रफलमध्ये १३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । धान उत्पादनका लागि उपयुक्त मानिने मोरङ ,सुनसरी, झापा आकाशे पानी निरन्तर हुनुका कारण धान रोपाइँ प्रभावित भएकाले धान उत्पादनमा ह्रास आउने बताइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.