नवलपरासीमा १५ सय जनाले १ घण्टामा २० हजार बिरुवा रोपेको दावी

नवलपरासीमा १५ सय जनाले १ घण्टामा २० हजार बिरुवा रोपेको दावी

परासीः लुम्बिनी प्रदेश सरकारको लक्ष्य अनुसार १ घण्टामा २० हजार बढी बिरुवा रोपिएको दाबी गरिएको छ । राष्ट्रिय रेकर्ड कायम गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले ‘तेस्रो वृक्षारोपण मुल समारोह कार्यक्रम’नाम दिएर पश्चिम नवलरासीको सुनवल नगरपालिका जर्गाहास्थित कोटही देवी सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

कोरोना महामारीका बीच प्रदेश सरकारले १५ सय बढी व्यक्तिहरुको सहभागितामा वृक्षारोपण गरिएको जानकारी दिएको थियो । वृक्षारोपणमा आएका अधिकांश व्यक्तिले मास्क लगाएका थिए । नलगाएका व्यक्तिहरुलाई मास्कको व्यवस्था गरिएको थियो ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा ५० प्रतिशत वन क्षेत्र रहेको बताइए पनि काठ पैदावार विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।

‘त्यो बाध्यता हटाउन हाम्रै वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी छ । त्यसका लागि प्रदेश सरकार लागि परेको छ । ’ मुख्यमत्री पोखरेलले भने । यो वृक्षारोपण कार्यक्रम सबैको हो’ मुख्यमन्त्री पोखरेलले बताए ।

कार्यक्रमबारे जानकारी दिँदै उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले नेपालमै रेकर्ड कायम गर्ने गरी प्रदेश सरकारले ‘मुल समारोह कार्यक्रम’ तय गरेर वृक्षारोपण गरिएको बताइन् । उनले  १ घण्टामा २० हजार बढी विरुवा रोप्ने गरी १५ सय व्यक्ति सहभागी भएको बताइन् ।

सामुदायिक वनको २९ हेक्टर क्षेत्रफलमध्ये १५ हेक्टरमा वृक्षारोपण गरिएको हो । वृक्षारोपणका लागि १६ वटा स्टलहरु निर्माण गरिएको थियो ।

डिभिजन वन कार्यालय नवलपरासीका डिभिजनल अधिकृत शंकर प्रसाद गुप्ताले लक्ष्यभन्दा बढी बिरुवा रोपेको बताए । ‘१ घण्टामा २० हजार विरुवा रोप्ने लक्ष्य थियो । तर हामीले उक्त अवधिमा २० हजार ९ सय १७ वटा विरुवा रोप्यौँ’वन अधिकृत गुप्ताले भने ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय राजनीतिक दल, संघसंस्था लगायत प्रतिनिधिहरुको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.