सरकारको नीति विपरीत पहुँचको भरमा खोप

सरकारको नीति विपरीत पहुँचको भरमा खोप

चितवन : कोभिड १९ विरुद्ध सरकारले उपलब्ध गराएको खोपमा अनियमिता भएको फेला परेको छ। सरकारले तोकेको लक्षित समूहको नाममा आएको खोप पहुँचको आधारमा अन्य समूहले लगाएको फेला परेको छ। 

जिल्लामा संचालन गरिएको खोप केन्द्रमा विभिन्न ओहदामा बसेकाहरुले पहुँचको आधारमा खोप लगाएका हुन्। सरकारले ६२ देखि ६५ वर्षसम्मका उमेर समूहका लागी खोप उपलब्ध गराएको थियो। जेठ २५ र २६ गते ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोना विरुद्धको चिनियाँ खोप भेरोसिल लगाएको थियो। तर खोप वितरणमा लापरवाही भएको भेटिएको छ।  

चितवनमा रत्ननगर, राप्ती नगरपालिकामा खोपमा अनियमितता भएको पाइएको छ। राजनैतिक दलका नेता, उद्योगी व्यवसायी, कर्मचारीले खोप लगाएका छन्। सरकारले ६२ देखि ६४ वर्ष उमेर समूह, पहिलो डोज लगाएका व्यक्ति, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारको लागि लक्षित गरी चलाएको खोप अभियानमा लक्षित वर्गभन्दा बाहिरी समूहकालाई मनपरी रुपमा खोप लगाएको पाइएको छ। 

पहुँच र नातागोताको हिसाबले चितवनमा खोपको व्यापक दुरुपयोग भएको छ। जनप्रतिनिधिको परिवार, आफन्त, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले पहुँचको आधारमा खोप लगाएका छन्। रत्ननगर बकुलहर अस्पतालको खोप केन्द्रबाट लक्षित उमेर समूहभन्दा बाहिरका व्यक्तिहरुले खोप लगाएको भन्दै विरोध भएको थियो।

रत्ननगर नगरपालिकाले अनियमितता भएको भनिएको कोरोना खोपको विषयमा स्वास्थ्य शाखा प्रमुखसँग स्पष्टीकरण सोधेको छ। लक्षित उमेर समूहभन्दा बाहिरका व्यक्तिहरुले खोप लगाएको गुनासो आएपछि सो नगरपालिकाले शुक्रबार स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको हो। लक्षित उमेर समूह बाहिरका व्यक्तिहरुले खोप लगाउनुको कारण खुलाई तत्काल स्पष्टीकरण पेश गर्न नगरपालिकाले निर्देशन दिएको र चित्तबुझ्दो जवाफ नआए कारबाहीसमेत हुन सक्ने मेयर नारायण वनले बताए। जनप्रतिनिधिलाई नै झुक्याएर लक्षित समूह बाहिरका व्यक्तिले खोप लगाएपछि नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारीसँग सोधपुछ गरेको छ। 
रत्ननगर नगरपालिका भित्रका एक हजार ४०४ जना ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन्। तीन दिनको अवधिमा ६२ देखि ६४ उमेर समुहका ७३५ जना महिला र ६६९ जना पुरुष गरी एक हजार ४०४ ले खोप लगाएका थिए। 

लक्षित उमेरभन्दा बाहिरकाले लगाए खोप
पछिल्लो पटक नेपाल सरकारले ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र कोरोना खोप लगाउने कार्ययोजना बनाएको थियो। १८ देखि ६५ वर्ष उमेरसम्मका नागरिकलाई मात्रै लगाउन मिल्ने भनिएको भेरोसेल खोप अन्य समूहले लगाएका छन्। चितवनमा १७ वर्षको किशोर र ८६ वर्षको वृद्धालाई समेत लगाएका छन्।  राप्ती नगरपालिका ५ का १७ वर्षीय किशोर सोही ठाँउका ८६ वर्षीय वृद्धालाई खोप लगाएको फेला परेको हो। चीनबाट खोप आउँदा नै १८ देखि ६५ वर्षसम्मकालाई मात्रै प्रयोग गर्न मिल्ने भनेर उल्लेख भएकाले त्यो समूह बाहेककालाई खोप लगाउन नहुने स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए। 

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लाका ७ वटा स्थानीय पालिकाका वडाका ७९ खोप केन्द्रबाट चिनियाँ भेरोसिल खोपको पहिलो डोज लगाउन लागिएको हो। सरकारले वि.सं. २०१३ जेठ २५ गतेदेखि वि.सं. २०१६ जेठ २५ गतेसम्म जन्म भएका ज्येष्ठ नागरिकलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइएको थियो। तर तोकिएको उमेर समूहका ज्येष्ठ नागरिकलाई समेत कोरोना खोप पाएनन्। खोप केन्द्र पुगेर पनि कतिपय फर्किए। घण्टौ लाइनमा बसेर फर्किएका थिए। 

भरतपुर-१० का कृष्णप्रसाद तिवारीले पहुँचको भरमा अरुले लगाएपनि आफुहरुले सहज तरिकाबाट  नपाएको दुखेसो गरे। पूर्वीचितवनको राप्ती नगरपालिकामा कोभिड-१९ विरुद्धको खोपको दुरुपयोग भएको भन्दै राष्ट्रिय शक्ति नेपालले विरोध जनाएको छ। राप्तीमा लक्षित उमेर समूहको भन्दा बाहिर जनप्रतिनिधिको नातागोता र आफन्तलाई नियमविपरित खोप लगाएको खबर बाहिरिएपछि युवाहरुले नगरपालिकामा  विरोध प्रदर्शन गरे।‘उनीहरुले खोप खोई, खोप आफन्तलाई हो ?, भेदभाव किन ?, जनतालाई मुर्गाउने लेखिएको प्ले कार्डसहित नगरपालिमा प्रदर्शन गरेका थिए। खोपमा भएको मनपरीको विषयमा टोलीले मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृत कोहिपनी कार्यालयमा नभेटेपछि प्रमुख र उप प्रमुखको ढोकामा ‘जनता मुर्गाउने ’ लेखिएको कागज राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.