मोबाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
राजविराज : सप्तरीमा एक महिलाको मोबाइल चार्ज गर्ने क्रममा करेण्ट लागी मृत्यु भएको छ। अग्निसाईर कृष्णसवरण गाउँपालिका–६ महुली बजार बस्ने मो.जलिलको श्रीमती ३५ वर्षीया जहादा खातुनको करेण्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मोबाइल चार्ज गर्दा करेन्ट लागेर घाइते भएकी खातुनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो।
मोबाइल चार्जमा लगाएर फोन गर्ने क्रममा गत वैशाख १५ गते सप्तरीको सुरुङ्गा नगरपालिका–१ तेतरिया बस्ने भगाई सदायको छोरा १६ वर्षीय रामु सदायको पनि करेन्ट लागेर मृत्यु भएको थियो।