राष्ट्रिय धान दिवसको सार्थकता

राष्ट्रिय धान दिवसको सार्थकता

नेपाल सरकारले २०६१ मंसिर २९ गतेको निर्णयअनुसार २०६२ सालदेखि हरेक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको थियो। यसका लागि समय परिस्थिति अर्थात् अवस्था हेरी खँदिलो तथा दरो नारा तय गरिने गरिएको छ। यसलाई निरन्तरता दिँदै यस सालको नारा भने ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुख्य नाराको साथै १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाउने रूपमा रहेको छ।

नेपाल धान उत्पादन गर्न जल, वायु, जमीन सबै किसिमले उपयुक्त भए पनि अपेक्षित रूपमा धानको उत्पादन भइरहेको छैन। यसर्थ अझै पनि आकासे खेतीमा भर पर्ने अवस्था छ धेरै किसानलाई। धेरै उब्जाउ खेतहरूमा सिँचाइको आवश्यक व्यवस्था हुनसकेको छैन। मूलतः यसमा भ्रष्टाचार र राजनीति अस्थिरता यसको प्रमुख बाधक पनि हो। यद्यपि, कृषिको विकासका लागि जबसम्म किसानलाई तालिम, मल, सहुलियत दरमा कृषि औजार, अनुदान, बीउलगायत आधुनिकीकरण र व्यावसायिकीकरणको अभावले पनि नेपालले चाहेको धान उत्पादन गर्न नसकेको तीतो यथार्थ छ। नत्र नेपालमा संसारको सबैभन्दा उच्च स्थानमा धान फलाउने प्राकृतिक अनुकूलता छ। यसमा मुलुकको जुम्ला जिल्लाको छुमचौर संसारको सबैभन्दा उच्च स्थानमा धान उत्पादन भइरहेको स्थानको कीर्तिमान साथ धान उत्पादन दिइरहेको छ। त्यहाँ जुम्लामार्सी धानको उत्पादन गरिन्छ। उच्च पहाडी भेकदेखि तराईको समथर मैदानी भेकमा धान उत्पादन हुने प्रशस्त जमीन भए पनि नेपाल धान उत्पादन गर्ने देशहरूको क्रममा निकै तल नै पर्दछ।

मुलुकको अधिकांश क्षेत्र पहाडी भू–भागको रूपमा रहेको नेपालको कुल क्षेत्रफल एक करोड ४७ लाख १८ हजार एक सय हेक्टरमध्ये केवल २१ प्रतिशत भू–भाग अर्थात् ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमीन छ। जहाँ ६ हजारभन्दा बढी नदीनाला यस देश भएर बग्दछन्। यस्तैगरी देशमा खेतीयोग्य भूमिको आर्थिक वर्ष ०७७/७८ सम्ममा ४८ दशमलव ६४ प्रतिशत अर्थात् १५ लाख ३ हजार ३ सय ६७ हेक्टर भूमि सिञ्चित रहेको अनुमान गरिएको छ। यसरी अधिकांश खेती गरिने क्षेत्रफलबाट अतिरिक्त उत्पादन नभै प्रतिइकाइ उत्पादन स्थिरतामै रहनु निश्चय पनि सोचनीय कुरो हो यसको प्रमुख कारण कहिलेकाहीँ मौसमको प्रतिकूलताले बढी ह्रास हुने गर्दछ। तर, सिँचाइ सुविधा नभएर बाँझै राख्नुपर्ने स्थिति छ। बाँकी खेत आकासे वर्षामा भर पर्नुपर्छ। जबकि १.२५ प्रतिशतका दरले वर्षेनी बढिरहेको जनसंख्यालाई भरणपोषण गर्न कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनलाई बृहत रूपमा हेर्ने हो भने सबैभन्दा बढी योगदान खाद्यान्न बालीमा धानको २० प्रतिशत रहेको अनुमान छ। यसको साथसाथै देशको केही भागमा मात्र बाह्मासे सिँचाइ छ भने अधिकांशमा मौसमी सिँचाइ मात्र छ।केही दशकअघिसम्म धान निर्यात गर्ने नेपालले अहिले आफैंलाई नपुग्ने उत्पादन स्थिति विद्यमान रहेको छ। जसले गर्दा अर्बौं रुपैयाँ बराबरको चामल लगायत अन्य खाद्यान्न आयात गर्नुपर्ने स्थिति छ। देशको ६५.६ प्रतिशतभन्दा बढी जनसंख्या कृषि पेशामा लाग्नु, राष्ट्रिय आयको ४० प्रतिशत अंश कृषि क्षेत्रबाट प्राप्त हुनु, विदेश व्यापारको ८० प्रतिशत अंश कृषि क्षेत्रले ओगट्नु र ८६ प्रतिशत जनसंख्याले ग्रामीण जीवन बिताउनुले नेपालको अर्थव्यवस्था भनेको पनि कृषि नै हो भन्ने पनि संकेत गर्दछ। यसका साथै प्रतिव्यक्ति प्रतिवर्ष सरदर आय केवल ९ सय ११ अमेरिकी डलर र २१ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको दृश्यले नेपालको अर्थव्यवस्था र कृषिको पछौटेपनको बोध स्वतः स्पष्ट हुनजान्छ। देशमा पछिल्ला वर्षमा धानको उत्पादन घट्दै गए पनि उत्पादकत्वमा भने वृद्धि भएको छ।

पहाडी २२ जिल्लामा भएको धानका उत्पादन बराबर एउटै झापा जिल्लामा उत्पादन भएको छ। त्यसरी नै तराईलाई देशको अन्नभण्डारको रूपमा रहनुका साथै झापाको यही उत्पादन क्षमतालाई दृष्टिगत गरेर सरकारले झापालाई धान उत्पादनको सुपरजोन घोषणा गरेको छ।

समग्रमा भन्नुपर्दा, चालू आर्थिक वर्षको कुल कृषि उत्पादनको परिणाममा खाद्यान्न बालीको अंश ४५ दशमलव २ प्रतिशत रहेको अनुमान छ। त्यसैगरी प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानबालीको क्षेत्रफल आर्थिक वर्ष ०७६/७६ को तुलनामा आर्थिक वर्ष ०७७/७८ मा १ प्रतिशतले बढोत्तरी भई १४ लाख ७३ हजार ४ सय ७० हेक्टर पुग्ने अनुमान गरिएको छ। यस्तै उत्पादनतर्फ अवलोकन गर्ने हो भने आर्थिक वर्ष ०७६/७७ को तुलनामा आर्थिक वर्ष ०७७/७८ मा ५५ लाख ५० हजार ८ सय ८० बाट १ दशमलव २८ प्रतिशत अर्थात् ७० हजार ८ सय ३० मेट्रिक टन उत्पादन वृद्धि भई ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन पुग्ने अनुमान गरिएको छ।

त्यसरी नै धानबालीको उत्पादकत्वलाई अध्यनन गर्ने हो भने गत आर्थिक वर्ष ३ दशमलव ८० प्रतिशत प्रति हेक्टर मेट्रिक टन थियो भने चालू आर्थिक वर्षमा शून्य दशमलव २८ ले वृद्धि भई ३ दशमलव ८२ प्रतिशत प्रतिहेक्टर मेट्रिक टन भएको अनुमान छ। यसका साथै उन्नत तथा हाइब्रिड जातको बीउको उपलब्धता तथा प्रयोगमा आएको वृद्धि औसतको तुलनामा लामो मनसुन अवधि, रासायनिक मलको सहज उपलब्धता तथा सिँचाइ प्रविधिमा आएको सुधारजस्ता कारणले धानबालीको उत्पादकत्व हालसम्मकै उच्च रहेको छ। आर्थिक वर्ष ०७३/७४ मा बीउ प्रतिस्थापना दर १४ दशमलव ५ रहेकोमा गत आर्थिक वर्ष ०७६/७७ मा २० दशमलव ५ पुग्नुले पनि धान बालीको उत्पादकत्व उच्च रहेको छ। देशमा कुल गार्हस्थ उत्पादनमा धानको मात्रै २० प्रतिशत योगदान रहेको छ। देशमा सबैभन्दा धेरै धान उत्पादन झापामा भएको पाइन्छ।

यसरी हाम्रो देशको पहाडी २२ जिल्लामा भएको धानका उत्पादन बराबर एउटै झापा जिल्लामा उत्पादन भएको छ। त्यसरी नै तराईलाई देशको अन्नभण्डारको रूपमा रहनुका साथै झापाको यही उत्पादन क्षमतालाई दृष्टिगत गरेर सरकारले झापालाई धान उत्पादनको सुपरजोन घोषणा गरेको छ। यो घोषणाले झापामा अत्यधिक धान उत्पादन गरेर यसको लक्ष्य हासिल गर्न सकेमा मात्र यो सार्थक भएको मानिने छ। यसर्थ झापामा पनि अरू क्षेत्रजस्तै तीव्र गतिमा धानसमेतका खेतीयोग्य जमीन मासिने क्रम जारी भएको अवस्था छ। यसरी किसान खेतीबाट पलायन भएर जाने क्रम बढिरहेको छ। जसले गर्दा देशले वार्षिक रूपमा ३० अर्बभन्दा बढी रुपैयाँको चामल आयात गर्दै आएको छ। यसले गर्दा युवा खेतीबाट पलायन भइरहेको अवस्था छ। यी सबैमा सम्बन्धित निकायको गम्भीर ध्यान गएको जस्तो लाग्दैन।

यस अर्थमा पनि सरकारले बनाउने योजना वा कार्यक्रम जाँचिने टेबल होइन, फिल्ड हो। यसको लागि कुरा, भाषण र निर्णय होइन, परिणाम हो। नेपालमा लगभग वार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्दछ। नेपाललाई यति धेरै धानको जरुरी नपर्ने हो। तर धेरै नेपाली भात नै खान रुचाउने भएकाले पनि चामलको माग धेरै भएको हो। अतः धानको चामलभन्दा कोदो, फापर, गहुँ, जौ आदिमा पौष्टिक तŒव धेरै भए पनि परम्परागत खाद्य बानीले गर्दा धान वा मकैको भात खाने नै बढी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.