म्याद गुज्रेका खाद्यवस्तु बेच्ने व्यापारीलाई २५ हजार जरिवाना, गोदाम सिल

म्याद गुज्रेका खाद्यवस्तु बेच्ने व्यापारीलाई २५ हजार जरिवाना, गोदाम सिल

जाजरकोट : उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यबस्तु फेला परेपछि जाजरकोटको एक पसललाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। भेरी नगरपालिका ४ शान्तिचौतारा नजिक रहेको मल्ल ब्रर्दर्स एण्ड सप्लायर्सले म्याद गुर्जेका खाद्यवस्तु विक्रीवितरण गरिरहेको पाएपछि नगद जरिवाना गरिनुका साथै गोदाम सिल गरिएको छ। केही खाद्यवस्तु नष्ट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकिय अधिकृत हरिप्रसाद देवकोटा, प्रहरी निरीक्षक खुमानन्द पाण्डे, भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाह, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका नासु लोकबहादुर बस्नेत, पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्मालगायतको संयुक्त बजार अनुगमण समितिले उक्त निर्णय गरेको हो ।

प्रशासकिय अधिकृत देवकोटाका अनुसार बुधबार मल्ल ब्रर्दर्सको गोदामबाट म्याद नाघेका चेवनप्रास १५ पेटी, हजमोला १० पेटी, अमला तेल ३ पेटी, प्रोस्टाइल हेयर तेल ५ पेटी, ग्लकोज डि १८ पेटी, डावर लाल दन्त मन्जन २ पेटी, रियल जुस १ लिटरवाला ८ पेटी, फ्रुटी ब्रस्ट ६१ पेटी र मिठो लिची जुस ३४ पेटी नष्ट गरिएको छ । पहिलो पटक भएकाले चेतावनी स्वरुप उक्त जरिवाना गरिएको देवकोटाले बताए । म्याद गुर्जेका समान बेची जनस्वास्थ्यमा खेलवाड गर्ने व्यापारीलाई उपभोक्ता संरक्षण ऐनमा पटकै पिच्छे पाँच हजारमाथि जरिवाना गर्न सकिने उल्लेख गरिएको छ ।

बजार अनुगमण गर्न गएको सरकारी टोलीले गोदाममा धेरै सामान म्याद नाघेका सामान भेटिएका छन्। अनुगमन समितिका एक सदस्यका अनुसार टोली खाना खान होटलमा बसेको बेला मल्ल ब्रोदर्सका प्रोपराइटर कृष्ण मल्लले म्याद गुर्जेको सामान गाडीमा राखेर भेरी नगरपालिकाको बोहरा गाँउ पुरयाएका थिए । खान खाएर पुनः चेक गर्ने क्रममा गोदाम रित्तै देखेपछि अनुगमन टोली आश्चार्य चकित भएको थियो । केरकार गरेपछि मल्लले विग्रिएको खाद्यबस्तु बोहरा गाँउ लिएको स्वीकार गरेका थिए । 

त्यसपछि टोली बोहरा गाउँ नै पुगेर एक कोठाभरी रहेको सामान सिल गरेको थियो । त्यस गोदाममा धेरैजसो चाउचाउ बिस्कुटलगायतका खाद्य सामग्री रहेको छ । मल्लले उत्पादक कम्पनीको रोहवरमा समान नष्ट गर्ने माग गरेपछि उक्त गोदामको सिल नखोलिएको प्रशासकिय अधिकृत देवकोटाले बताए । 

मल्ल ब्रोदर्स एण्ड सल्लायर्सले चाउचाउ, बिस्कुट, जुसलगायतका खाद्य वस्तुको विक्रीका लागि कम्पनीले डिलरको मान्यता दिएको छ । यो सप्लायर्सले वार्षिक करोडौंको कारोवार गर्ने गरेको छ । लकडाउनका कारण मालसमान सप्लाइ गर्न नपाउँदा लामो समय थन्किएर म्याद गएको तर बिक्री भने नगरेको मल्लले बताए । म्याद भएको र म्याद सकिएको सामानसँगै थियो । छुटयाएर कम्पनीलाई जानकारी गराएर आफै नष्ट गर्ने तयारीमा रहेको र त्यही क्रममा अनुगमण भएको उनको भनाइ छ ।

यसैबीच, शान्तिचौतारा बसपार्कमा रहेको गोरख रावतको खाद्य पसलमा समेत अनुगमन गर्दा म्याद गुर्जेका सामान भेटाएपछि प्रशासनले सिल गरेको छ । चोकोक्रिप्स बिस्कुट ५६ कार्टुन, सुजी २० केजीका साढे २३ प्याकेट, मासको दाल एक बोरा म्याद गुर्जेको भेटिएपछि गोदाम सिल गरिएको हो । रावतले पनि कम्पनीको रोहवरमा नष्ट गर्ने भन्दै माग गरेपछि प्रशासनले उक्त सामान छुटै कोठामा राखेर सिल गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.