पहिरोले पुरिदा दुईजनाको मृत्यु, तीन वेपत्ता, दुई घर बगे

पहिरोले पुरिदा दुईजनाको मृत्यु, तीन वेपत्ता, दुई घर बगे

चितवन : अविरल वर्षातका कारण पहिरो खस्दा चितवनमा दुईजनाको मृत्यु भएको छ । चितवनको पहाडी भेगमा पहिरो खस्दा अन्य तीनजना वेपत्ता भएका छन् ।  राप्ती नगरपालिका १२ स्थित पर्खाल भन्ने स्थानमा पहिरोले दुईवटा घर पुरेको हो ।

पहिरोले घर पुरिदा वेपत्ता चारजनामध्ये एक जनाको शव फेला परेको छ ।  घटनास्थलभन्दा पचास मिटर तल पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको  छ । 

उनको सनाखत हुन सकेको छैन । घटनामा परी अन्य तीनजना वेपत्ता छन् । घरमाथिबाट खसेको पहिरोले एउटा गोठ पनि बगाएको छ । घरसहितगोठ पनि बगाउँदा १६ वटा गाई र गोरु पनि बगेका छन्। त्यती नै संख्यामा बाख्रा पनि लगेको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

त्यस्तै कालिकानगरपालिका वडा नम्बर ११ दानेटार बस्ने करिब ५१/५२ वर्षीय ज्ञानबहादुर चेपाङको मृत्यु भएको छ । बिहीबार  दिउँसो दुई बजे आफन्तको घरजाने क्रममा पहिरोले वेपत्ता पारेको हो । ज्ञानबहादुरको शव पहिरोले बगाएको स्थानदेखि करिब एक किलोमिटर तलघैयावारीस्थित खोलाको छेउमा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए । 

बिहीबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चितवन राप्ती न.पा.९ लालपुर बस्ने ४५ वर्षीया बिजुलीमाया श्रेष्ठको मृत्यु भएको हो । आफ्नै घर नजिक रहेको खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेर गम्भीर घाइते श्रेष्ठको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.