जिल्ला अस्पताललाई ५ लाख बढीको स्वास्थ्य सामग्री
दार्चुला : गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदार संस्था सामुदायिक ग्रामिण विकास समाज नेपाल र सामुदायिक विकास परियोजना (सिडिपि)ले जिल्ला अस्पताल दार्चुला र मालिकार्जुन गाउँपालिकाको शंकरपुर कोभिड अस्पताललाई ५ लाख भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ ।
त्यसैगरी मालिकार्जुनका लागी गुड नेवर्स इन्टरनेसनल नेपालले खरिद गरि पठाएका अक्सिजन मास्क २० थान, अक्सिजन फ्लो मिटर ५ थान, भेन्चुरी फेस मास्क ३० थान, एन्टिजेन किट ४ सय थान, रेजरभायोर ब्याग मास्क ३० थान, पिपिइ सेट ६० थान, स्वाब संकलन किट ४ सय थान, पल्स अक्सीमिटर ५ थान गरी ३ लाख १४ हजार ३ सय ६२ रुपैयाको स्वास्थ्य सामग्री शंकरपुर कोभिड अस्पताललाई वितरण गरेको टिम लिडिर अशोक ओझाले बताए ।
यसैगरी जिल्ला अस्पताललाई अक्सिजन मास्क ३० थान, अक्सिजन फ्लो मिटर २० थान, भेन्चुरी फेस मास्क २० थान, एन्टिजेन किट ३ सय थान, रेजरभायोर ब्याग मास्क २० थान, पिपिइ सेट ४० थान, स्वाब संकलन किट ३ सय थान, पल्स अक्सीमिटर १० थान गरी २ लाख ७७ हजार ९ सय ८२ रुपैयाँको स्वास्थ्य सामग्री वितरण गरिएको ओझाले जानकारी दिए।