बाढी पहिरोले चितवनको पूर्वी क्षेत्र प्रभावित

बाढी पहिरोले चितवनको पूर्वी क्षेत्र प्रभावित

चितवन : निरन्तरको वर्षातको कारण जिल्लाको पूर्वी क्षेत्र प्रभावित बनेको छ। पूर्वी क्षेत्रमा रहेका खोलामा बाढी आएपछि त्यसले क्षति गरेको छ। बजार क्षेत्र समेत डुबानमा परेका छन्। पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका बाढीले प्रभावित भएका छन्। नयाँ पर्सा र पुराना पर्साको दर्जनौं घर तथा पसल डुबानमा परेका छन्।

बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र डुबानमा परेको छ। रत्ननगर–८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन्। खैरहनी १ बहेरीका ३२ घर परिवारलाई कयर खोला वस्तीमा पस्न लागेपछि स्थानान्तरण गरिएको छ। पानी बगेर जाने ठाउँ नहुँदा घरमा र बाटोमा जम्मा भएको छ। केही घरहरुमा पानी छिरेको छ।

राप्ती, बुढी राप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ। पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले पुल भत्काएको हो। राजमार्गबाट झण्डै दुई किलोमिटर भित्र उत्तरतर्फको लदरी खोलाको पुल भाँचिएको छ।

 

खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा पसेको बाढीले सिलिण्डर बगाएको छ। कयर खोलामा आएको पानी उद्योगमा छिरपछि  ग्यासका सिलिण्ड बगाएको हो। 

प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामिछानेले नदी आसपास क्षेत्रमा सजक गराइएको बताए। प्रशासनले नदीमा माछा मार्न, दाउरा खोज्न र पौडी खेल्न नजान आग्रह गरेको छ। 


नारायणगढ–मुग्लिन सडक खण्ड पुनःपटक पटक अबरुद्ध भयो। सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको थियो। 


बिहान ११ बजे पहिरो पन्छाएर यातायात सुचारु गरिएको सडक दिउँसो केराबारीमा पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको थियो। अपराह्न सवा तीन बजे खसेको पहिरो पन्छाएपछि साँझ ६ बजे एकतर्फी संचाल नभएको थियो। 


पर्यटकीय नगरी सौराहा प्रवेशस्थल चित्रसारी नजिक आएको बाढी। तस्बिर : अनिल ढकाल
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.