जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ
![जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakkrau-farar_20210702091801_IxUeg6mDxA.jpg)
गुलरिया : प्रहरीले जबरजस्ती करणीका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गउँपालिका ३ निवासी आकाश थारुलाई ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले पक्राउ गरेको हो।
उच्च अदालत तुल्सीपुर नेपालगञ्जको इजलासले ०७६ साल फागुन ४ गते थारुलाई जबरजस्ती करणी मुद्धामा ४ वर्षीय ७ महिना ७ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)