दार्चुलामा विषादी सेवनबाट वृद्धको मृत्यु
दार्चुला: दार्चुलामा विषादी सेवन गरेर एक वृद्धको मृत्यु भएको छ।
महाकाली नगरपालिका वडा नं ४ खलंगामा बस्दै आएका ७० वर्षीय पदम बहादुर बस्नेतको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए ।
बुधबार राति १० बजे तरकारीमा हाल्ने विष सेवन गरेको भनी आफन्तले उपचारका लागि अस्पतालमा लगेका थिए । उनको अस्पतालमा उपचार सम्भव नभपछि शुक्रबार मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
४