नदीको बहाव बंग्याएर अवैध उत्खनन गर्दा डुवानको जोखिममा विराटनगर

नदीको बहाव बंग्याएर अवैध उत्खनन गर्दा डुवानको जोखिममा विराटनगर

विराटनगर: प्रदेश १ को राजधानी विराटनगर प्रत्येक वर्षा यामसँगै डुवानमा पर्ने गरेको छ । विराटनगरको पूर्व भएर बग्ने सिंघिया खोला र पश्चिम भएर बग्ने केशलीया खोलाको पानीले डुवानमा पर्ने गरेको हो ।

दुवै खोलामा समान्य रुपमा पानीको सतह बढ्ने बित्तिकै विराटनगर महानगरपालिकाका आधा दर्जन वडा डुवानमा पर्दा ठूलो संख्यामा सर्वसधारण विस्थापित हुनु परेको छ ।

विराटनगगर महानगरपालिका र कटहरी गाउँपालिकाको सीमा भएर बग्ने सिंघिया खोलाको प्राकृतिक बहावलाई थुन्ने गरी जग्गा धनीले बाँध निर्माण गरेका छन् ।

नम्बरी जग्गा भएको भन्दै जग्गाधनीहरुले खोलाको प्राकृतिक बहावलाई फर्काउने गरी निर्माण गरेको बाँधले खोलाको पुल संगै विराटनगर महानगरपालिका वडा नम्बर १ र २ मा रहेका बस्ती जोखिम जोखिममा परेका छन् ।

खोलाको पानी बग्ने प्रमुख धारमा नै नम्बरी भएको भन्दै तारजाली र ढुंगाबाट ग्याबिङ गरेर बाँध बनाएपछि स्थानीयबासीले विरोध जनाएका हुन् । तर जग्गाधनीले नम्बरी जग्गा भएको भन्दै आफुखुसी खोलाको प्राकृतिक बहावलाई परिवर्तन गरेर बनाएको बाँधमाथि धार समेत बनाएको छ ।

स्थानीहरुले  खोलाको जलाधार क्षेत्रमा बांध बनाएर खोलाको जग्गा अतिक्रमण गर्न खोजिएको भन्दै विरोध जनाए पनि जनप्रनिधिहरुले वेवास्ता गर्दा डुवान रोकिएको छैन् । पश्चिमतर्फ विराटनगर महानगरपालिका र पूर्वतर्फ कटहरी गाउँपालिका छन् ।

विराटनगर १ गंगा टोलकी स्थानीय लक्ष्मी रायका अनुसार खोलाको पूर्वपट्टी तटबन्ध बनाइएको कारण वर्षायाममा खोलाले धार परिवर्तन गर्ने र टोल नै डुवानमा पर्ने गरेको हो ।

सिंघिया खोलाको पूर्व–उत्तरतर्फ ढुंगा र तारजाली प्रयोग गरेर १ सय ६५ मिटरको बाँध बनाइएको बताइएको छ । ६५ मिटर कटहरीतर्फका जग्गाधनीले निजी खर्चमा बाँध बनाउन लगाएका हुन् । बाँध बनाएर खोला क्षेत्र अतिक्रमण गर्न खोजिएको स्थानीयको दावी छ ।

यससँगै डुवानका कारण हरेक वर्ष विराटनगर महानगरपालिका वडा १ का ५० भन्दा बढी सुखुम्बासीको घर र २ का नम्बरी जग्गामा बनाइएका सयौँ घर डुवानमा पर्ने गरेको स्थानीय बताउँछन् । तर जनप्रतिनिधिले यसबारे समयमै ध्यान नदिए विराटनगरले ठूलो क्षति बेहर्नु पर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

विराटनगर २ का वडाध्यक्ष कुमार पोखरेलले भने स्थानीयको गुनासो आएपछि खोलाको स्थलगत निरीक्षण गरेर जोखिम रोक्न पहल गरेको समेत बताए । उनले एक्लैले बाँध रोक्न नसक्ने भन्दै सरोकारवाला पक्षलाई एकजुट भएर लाग्न आह्वान गरेका छन् ।

कटहरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष कपुरलाल माझीले जग्गाधनीहरुले सरसल्लाह नगरिकनै खोलामा बाँध बनाएको भन्दै वडाका दुईवटा बस्ती डुवानमा परेको बताए ।

बगरमै प्लटिङ

नदीको बहाव फेरिदिएपछि बनेको जमिनमा प्लटिङ गरेर विक्री गर्ने क्रम समेत सुरु भएको छ । सस्तोमा लिएको यस्तो जग्गा हाल ४ देखि ६ लाख रुपैयाँ धुरका दरले बच्ने गरिएको स्थानीले बताउँछन् ।

कटहरी गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष कपुरलाल माझीका अनुसार विराटनगरको पश्चिम भएर बग्ने केशलीया खोलामा अवैध रुपमा बर्षेनी हुने गरेको माटो कटानले वडा नम्बर ६, १२ र १६का बस्तीहरु डुवानमा परेका छन्।

केही दिनअघि सुरु भएको वर्षाले ती बस्तीहरुमा पानी पस्दा स्थानीयहरु भागेर सुरक्षित स्थानमा आश्रय लिन पुगेका थिए । विराटनगर ६मा कोशलीया खोलको पानी पस्दा ५ दर्जन घर परिवार र १ सय जना भन्दा बढी प्रभावित भए ।

यस खोलामा विराटनगर ४ स्थित इकराहीमा माटो ठेकेदारले खोलाको प्राकृतिक बहावलाई प्रभावित गरेर १५ फिट गहिरो सम्म माटो निकाल्ने र खोलाको बहाव भन्दा बाहिर रहेको नम्बरी जग्गाको माटो पनि प्रति ट्रिपका दरले जग्गाधनी दिएर माटो निकाल्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.