सुनसरीमा बाढी: ५ सय घर डुवानमा, सय परिवार विस्थापित

सुनसरीमा बाढी: ५ सय घर डुवानमा, सय परिवार विस्थापित

धरान: लगातारको वर्षातका कारण सुनसरीका अधिकांश स्थान डुवानमा परेका छन् ।

बाढीको कारण दर्जनौँ घरपरिवार विस्थापित भएका छन् भने सयौं घर डुवानमा परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी नगरपालिका, हरिनगरा, भोक्राहा नर्सिङ, कोसी गाउँपालिकाका दर्जनौँ बस्ती डुवानमा परेका छन् ।

बस्तीको पानी खोलामा निकास नभएका कारण यहाँका सयौँ घर डुवानमा परेका हुन् । शनिवार परेको अविरल वर्षाका कारण सुनसरीका एक सय घर परिवार पूर्ण रुपमा विस्थापित भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।

उनले बाढीका कारण पाँच सय घर डुवानमा परेको बताए । सुनसरी खोला बस्तीमा पसेका कारण इनरुवाको सशस्त्र प्रहरी बलको ४ नम्बर गण जलमग्न छ । इनरुवा ४ कोगणेशपुरका एक सय ५० घर डुवानमा परेका छन् । बस्तीमा कुरुवा खोला पसेपछि सिंगो बस्ती नै डुवानमा परेको हो ।

इनरुवा ९ को बबियामा २५ घर डुवानमा परेका छन् । भोक्राहा नरर्सिङ गाउँपालिकाको वडा नम्बर ७ को सुनसरी खोला किनाराका १४ घर परवार विस्थापित भएका छन् । कोसी गाउँपालिकाको वडा नम्बर ८ का ४० घर डुवानमा परेका छन् । रामधुनी नगरपालिकाको वडा नम्बर १ का ११ घर डुवानमा परेका छन् । हरिनगर गाउँपालिकामा विभिन्न वडाहरुमा सय घर भन्दा बढी डुवानमा परेका छन् ।

धरान उपमहानगरपालिका १३ स्थित अमरहाटमा पहिरोले तीनघरमा क्षति पुर्‍याएको छ । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४,५,६,१० र ११ वडाका २ सय घर डुवानमा परेका छन् । धरानदेखि विष्णुपादुका जाने बाटोमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । बाढीले विस्थापित भएका परिवारहरुलाई नजिकैको विद्यालय र सार्वजनिक स्थानमा सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए ।

डुवानबाट प्रभावित क्षेत्रमा सर्वसाधारणको सुरक्षाका लागि एक हजार भन्दा बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार घर डुवानमा परी विस्तापित परिवारलाई सुरक्षित स्थानतर्फ राखिएको छ ।

बाढीले बस्ती डुबाए पश्चात सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाका बासिन्दा सुरक्षित स्थानतर्फ जाँदै । तस्बिर : रत्नप्रसाद आचार्य 

यससँगै जथाभावी प्लटिङ गरी निर्माण गरिएको बस्ती र खोला आसापासका क्षेत्रमा बसोवास गर्दैआएका सुकुम्वासी बस्ती डुवानको उच्च जोखिममा छन् । पानीको निकास नभएका कारण अधिकांश सडक समेत डुवानमा परेका छन् । डुवानका कारण पक्की घरहरुमा क्षति नगरेको भए पनि कच्चा घर टिनका घर बनाएर बसेका सर्वसाधारण बाढीको उच्च जोखिममा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.