पहिरोले क्षतिग्रस्त सिद्धिको तीन दोभान
चितवन : लगातारको पहिरोको कारण सिद्धिको तीन दोभानको बजार पुरिएको छ। असार १७ गते आएको बाढीले बजार क्षेत्रका घर र पसलमा क्षति पुर्याएको छ। कालिका नगरपालिका वडा नम्बर १० र ११ का वस्तीमा क्षति पुगेको छ।
असारको १७ गते परेको अविरल वर्षाको कारण आएको बाढीले कालिका नगरपालिकाको वडा नम्बर १० र ११ को घर पहिरोले क्षतिग्रस्त छन्। सबैभन्दा बढी क्षति वडा नम्बर ११ मा भएको छ।
मजुवाङ खोला बढेर दाङ्तेस कामीमाउँका घरहरु पनि पुरिएका छन्। वडा नम्बर १० मा भने सिद्धि तीन दोभानमाथि रहेको पहाडबाट पहिरो खसेको हो। ‘पहिला खोलामा सामान्य पानी थियो पछि बाढी नै पसेर क्षति पु¥याएको हो ’ स्थानिय व्यवसायी चन्द्रबहादुर तामाङले भने, ‘४२ वर्षको उमेरमा अहिलेसम्म खोला बढेको देखेको थिइन। घर र सामान छैन।’
पसलका सामान नष्ट हुँदा लाखौँको क्षति पुगेको छ। बिस घरमा पूर्ण क्षति र तीस घरमा आंशिक क्षति भएको दशका वडाध्यक्ष दिलबहादुर गुरुङले बताए। उनले राहतको काम सुरु गर्न लागेको थियो। बजार क्षेत्रमा रहेका पसल पुरिएको छ। स्थानीय शिक्षक दिनेश चेपाङले कालिका ११ मा बढी क्षति भएको बताए।
सिद्धि जाने बाटोमा पर्ने कयर खोला बढेपछि मानिस ओहोर दोहोर गर्न नसक्ने अवस्थामा छन्। खोला बढेकै कारण कोही जान सकेका छैनन्। नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले राहत र अस्थाई बसोवासको लागि काम अघि बढाएको बताए। त्यसपछि बाटो र विजुलीको काम गर्ने बताए।