पुतलीबजारका कर्मचारीको बढुवा र ग्रेडवृद्धि

पुतलीबजारका कर्मचारीको बढुवा र ग्रेडवृद्धि

स्याङ्जा : पुतलीबजार नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीलाई बढुवा र ग्रेडवृद्धि गरेको छ। नगरपालिकाको भर्खरै सम्पन्न नवौं नगरसभाले कर्मचारी व्यवस्थापन ऐन २०७८ पारित गरेर यहाँ कार्यरत ४३ जना कर्मचारीमध्ये १४ जनाको बढुवा र २९ जनाको ग्रेडवृद्धि गरेको हो। 

बढुवा हुनेमा आठौं र सातौं तहमा १/१ जना, छौटौं तहमा ३ जना र पाचौं तहमा ९ जना छन्।  आठौं तहमा ताराचन्द्र ढकाल, सातौं तहमा कपिल गिरी, छैटौं तहमा अरुण पौडेल, मनि राना र पमनारायण पराजुली छन्। 

पाँचौ तहमा राजेश पुरी, नरबहादुर पराजुली, दिपक जंग केसी, चन्द्रबहादुर कार्की, हरीलाल ढकाल, हिमकान्त रेग्मी, कुलप्रसाद मरासीनी, राजु रेग्मी र यमबहादुर मल्ल छन्। 

नगरप्रमुख सीमा क्षेत्री, उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकियय अधिकृत पुरुषोत्तम शर्मा, शिक्षा शाखा प्रमुख बाबुराम बराल लगायतले बढुवा भएका कर्मचारीलाई बधाई दिदै समृद्ध पुतलीबजार र सुखी नगरबासीको लक्ष्य अनुरुप काम गर्न सुझाव दिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.