नारायणगढ- मुग्लिन सडक खुल्यो, फिस्लिङमा भाँसियो

नारायणगढ- मुग्लिन सडक खुल्यो, फिस्लिङमा भाँसियो

चितवन  : पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ‍्चालनमा आएको छ । भरतपुर महानरपालिका वडा नम्बर २९ स्थित सेतीदोभानमा गएको पहिरो हटाएपछि बाटो सुचारु भएको हो । 

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार बिहान पौने एघार बजेबाट सडक सञ‍्चालनमा आएको हो।  अविरल वर्षातका कारण उक्त सडक खण्डमा पहिरोले पटकपटक अवरुद्ध भएको थियो । 

नारायणगढ  मुग्लिन सडक संचलानमा आए पनि पृथ्वीराजमार्गको फिस्लिङमा सडक भाँसिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान करिब ११ बजेतिर ३० मिटर लम्बाइ र ५ मिटर चौडाई सडक भाँसिएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार एकतर्फी बाटो सञ्चालनमा आएको छ ।  वर्षातका कारण नदीले कटान गरेर सडक भाँसिएको सूचना अधिकारी शिव खनालले बताए । भाँसिएको ठाउँमा ग्रावेल हालेर मर्मतको गरिँदै छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.