ट्रकले दुई स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

ट्रकले दुई स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

चितवन : ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । 

नारायणगढबाट लम्जुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको ट्रकले विपरित तर्फबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई भरतपुर महानगरपालिका  १ आँपटारीस्थित पानीटंकी ओरालोमा ठक्कर दिएको हो । 

दुर्घटनामा  स्कुटर पछाडि बसेकी  देवघाट गाउँपालिका १ तनहुँ बस्ने अन्दाजी ४० वर्षीया चिनिमाया पौडेलको मृत्यु भएको छ ।   

दुर्घटनाका घाइते भरतपुर महानगरपालिका ११ का ३५ वर्षीय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । 
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै  देवघाटकै ३० वर्षीय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै ३५ वर्षीया सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.