आफ्नै छोरी करणी गर्न खोजेको आरोपमा बावु पक्राउ
![आफ्नै छोरी करणी गर्न खोजेको आरोपमा बावु पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/rape_20201101024846_OHtWGY65ri.jpg)
गुलरिया: आफ्नै ३० वर्षीया छोरीलाई करणी गर्न खोजेको आरोपमा बर्दियामा एक पुरुष पक्राउ परेका छन् ।
पीडितले दिएको उजुरीको आधारमा प्रहरीले बावुलाई पक्राउ गरेको हो । ती पुरुषलाई जवरजस्ती करणी उद्योग मुद्दा अन्तर्गत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार बावुले अत्यधिक मदिरा सेवन गरी छोरीमाथि पटक पटक यौन दुर्व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर 'बेइज्जत' हुने डरले कसैलाई नभनेको पीडित महिलाले प्रहरी समक्ष दिएको वयानमा छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)