वर्ष दिन नपुग्दै भत्किन थाल्यो कालोपत्रे

वर्ष दिन नपुग्दै भत्किन थाल्यो कालोपत्रे

विराटनगर : मोरङको धनपालथान गाउँपालिकाकामा निर्माण गरिएको कालोपत्रे सडकखण्ड वर्ष दिन नबित्दै भत्किन थालेको छ । प्रदेश सरकारको शर्शत अनुदान र गाउँपालिकाको साझेदारमा दादवैरिया चौकदेखि पुटानी चौकसम्मको २५ सय मिटर कालो पत्रे सडकखण्ड निर्माण भएको एक नवित्दै भत्किन थालेको हो  ।

गाउँपालिकाको २० लाख सहित सो सडकको कालोपत्रे कामको लागि ५० लाख बराबरको बजेट छुट्याएको  थियो । सो सडकको निर्माणको काम रामा विल्डस प्रालि राजविराज ४ले गरेका छन्  । निर्माण भएको वर्ष दिन नबित्दै कालोपत्रे भत्किन थालेपछि स्थानीयहरु आक्रोशित बनेका छन्  । 

निर्माण भएको सडकमा बीच बीचमा मासिन थालेको र खाल्टो बन्न लागेको भन्दै स्थानीयले वडा अध्यक्षलाई समेत ध्यानाकर्षण गरेका छन्  ।  स्थानीय चासो दिए पछि धनपाल थान वडा नम्बर ५ र ६का वडा अध्यक्षहरुले समेत गाउँपालिकालाई पत्रचार गरेर निर्माण भएको सडक वर्ष दिन नबित्दै भत्किन थालेकाले ठेकेदार कम्पनीलाई तगेदा गरेर तत्काल मर्मत गराउन माग गरेका छन्  ।

६ का वडा अध्यक्ष महमद हुसैनले कालोपत्रे ठाउँठाउँमा भत्किन थालेको र जिर्ण अवस्थामा पुगेकाले तत्काल मर्मत सभार गराउन गाउँपालिकालाई पत्राचार गरेको बताए । उनले भने –‘ सडकको बिच बिच भत्किएको छ, मर्मत सभार नगरे सडक झनै जिर्ण बन्छ ।‘ अर्को ५का वडा अध्यक्ष गयानन्द सरदारले सो सडक खण्ड भएर खोलाको बालुवा बोकर ठुलो गाडी ओहर दोहर गर्ने गरेकाले खण्ड खण्ड भत्किएको बताए ।

लोहन्द्रा खोला वाट ववियाविर्ता र रंगेली नगरपालिका सम्म दैनिक एक सय देखि २सयको हराहरी ठुलो हैवा गाडीले बालुवा ओसार पोसार हुने गरेकाले सडक भासिन थालेको जानकारी दिए । उनले सडक खण्ड नै विग्रन थालेपछि तत्काल मर्मत गराउन पत्राचार गाउपालिकालाई गरेको  बताए।
 
उनले सडक जोगाउन अहिले सडकको तिर पेटीमा स्लाईड सोलर्जस (किनारमा गीट्टि) राख्ने काम भइरहेको बताए ।सो गाउँपालिका कार्यकारी अधिकृत मनोज कुमार साहले  ठेकेदार कम्पनीलाई कारवाही प्रक्रिया अगाडी बढाएको जानकारी दिए । 

सम्झौता अनुसार निर्माण गरिएको सडक १३ महिना सम्म मर्मत सभार गर्नु पर्ने भएकाले ठेकेदारलाई पत्राचार गरेर काम गर्न भनेपनि अटेरी गरेको उनले बताए । हामीले पत्र पठायो उनले भने –‘ तर ठेकेदारले वेवास्ता गर्दै आएका छन् । 

अब हामीले कानुनी रुपमा कारवाहीको प्रक्रिया अगाडी बढाउन लागेका छौं । ठेक्केदार कम्पनीको करिव धरौटी वापतको जम्मा गरेको रकम रोक्का गर्न  लागेको कार्यकारी अधिकृत साहले बताए ।  सो गाउपालिकामा सडकको निर्माणको काम गर्ने रामा विल्डस प्रालि राजविराज ४को करिव २५ लाखको हाराहरीमा धरौटी रकम जम्मा गरिएको बुझिएको छ । 

निर्माणको बेला गाउपालिका वाट सडकको नापी गर्न पुगेका प्राविधिकहरुलाई समेत स्थानीयले  थुनेका थिए । सधै धुलाम्बे र वर्षामा हिलाम्बे हुने सो सडक खण्डमा पहिलो पटक कालोपत्रे सुरु भए पछि स्थानीयहरुले ठेकेदारलाई समयमा काम सम्पन गर्न समेत सहयोग गरेका थिए  ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.