हवाई यात्रामा चाप बढ्यो

हवाई यात्रामा चाप बढ्यो

चितवन : नारायणगढ मुग्लिन सडकखण्ड बारम्बार अवरुद्ध हुँदा हवाई यात्रामा चाप बढेको छ। पहिरोका कारण पटकपटक अवरुद्ध हुने समस्याले जहाजमा यात्रुको चाप बढेको हो। 

भरतपुरबाट काठमाडौं जानका लागि अहिले बुद्ध एयरले मात्रै उडान भरेको छ। बुद्धले ४७ सिट क्षमताको दैनिक तीन वटा उडान भर्छ। यात्रुको चापले बिहीबारसम्म अग्रिम बुकिङ भएको छ। यात्रुहरू टिकटका लागि विमान कम्पनीको कार्यालयमा ताकेता गर्छन्। 

भरतपुर अस्पतालमा कार्यरट गोपाल पौडेलले टिकट नपाँउदा समस्या भएको बताए। ‘जरुरी परेर काठमाडौंबाट मान्छे आउनुपर्ने थियो, टिकट नपाउँदा आफन्त चितवन आउन पाएका छैनन्।’ तीन दिनमा पनि नपुग्ने बाटोको अवस्था भए पनि जहाजमा टिकट नपाउँदा हैरानी भएको बताए। 

अन्यत्र जिल्लाबाट काठमाडौं जान/आउनेहरू जरुरी परेपछि जहाजमा जान खोज्छन्। जिल्लाबाटै पनि काठमाडौंका लागि सहज यात्रा गर्न खोज्छन्। तर उडान कम भएकै कारण टिकट पाउनै गाह्रो छ। 

कोभिड संक्रमणको जोखिमका कारण उडान सीमित छ। सरकारले तोकेअनुसार बुद्धले भरतपुर काठमाडौंका लागि तीन वटा उडान अनुमति पाएको छ। अन्य समयमा दैनिक सात उडान भर्ने गर्र्दथ्यो।

अत्यावश्यक काम परेकाहरू समस्यामा परेका छन्।  बुद्ध एयरका भरपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले उडान अनुमति पाए आफूहरू थप्न तयार भएको बताए। ‘लकडाउनमा हेलिकोप्टरले रेस्क्यु उडान गर्न पाएको छ। अहिले चितवनमा बाटोका कारण अलपत्र परेका छन्, चितवनको उडान पनि त रेस्क्यु उडान हो नि ’ बस्नेतले भने ‘बिरामी तथा ज्यादै अप्ठ्यारो परेकाहरू मर्कामा परेका छन्।’  सडक बन्द त्यसको विकल्प हवाई यात्रा नै हो। तर उडान सीमित हुँदा यात्रु यसबाट पनि बञ्चित भएका छन्। यात्रुले  अनलाइनबाट टिकट काट्ने व्यवस्था छ। भरतपुर तीनसहित बुद्धले देशभर ३१ उडान पाएको छ। यती एयरलाइन्सले जहाज कम भएको कारण भरतपुरमा उडान भरेको छैन। 

अविरल वर्षात्का कारण पछिल्लो केही समययता नारायणगढ मुग्लिनमा पहिलो जाने क्रम रोकिएको छैन। पटकपटक सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्। भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले मौसमी अवस्थाका कारण हवाई यात्रामा चाप बढेको बताए। उनका अनुसार सरकारको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिले प्रस्ताव लगेपछि मात्रै मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ। ‘बाटो बन्द भएको कारणले हवाई चाप बढ्नु स्वाभाविक हो’ उनले भने ‘हामीले केही उडान बढाउने भन्ने कुरा चलिरहेको छ। यो जिल्लाबाट भन्दा पनि केन्द्रबाटै गर्ने हो। ’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.