तनहुँमा मोटरसाइकल ट्रकमा ठक्कर खाँदा एक जनाको मृत्यु

तनहुँमा मोटरसाइकल ट्रकमा ठक्कर खाँदा एक जनाको मृत्यु

दमौली : आँबुखैरेनी २ एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल ट्रकसँग ठोक्किँदा एक युवकको मृत्यु भएको छ। घटनामा परी अर्का किशोर घाइते भएका छन्। 

डुम्रेबाट आँबुखैरनीतर्फ गैरहेको लु ८ प ८३५३ नम्बरको मोटरसाइकल फरक दिशातर्फ गइहेको ना ६ ख ६११८ नम्बरको ट्रकको पछाडि ठोक्किँएर पुनः आँबुखैरेनीतर्फ इरहेको ना ६ ख ४४४७ नम्बरको ट्रकमा ठोकिएको थियो। 

घटनामा एक्लेफाँटकै ३१ वर्षका दुर्गा भुजेलको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकलमा सवार स्थानीय १७ वर्षका साजन भुजेल घाइते भएका छन्। 

दुर्घटनापछि केहीबेर राजमार्गमा यातायात अवरुद्ध भएको थियो। अहिले अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.