हाइटीका राष्ट्रपतिको हत्या
मेक्सिको सिटी : अपरिचित बन्दुकधारीले गोली हानी हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्या गरेको छ । राजधानी पोर्ट–ओ–प्रिन्सस्थित निजी निवासमा भएको घटनामा मोइजकी श्रीमती घाइते भएको जनाइएको छ ।
अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार विज्ञप्तिमार्फत राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेका छन् । मोइजले सन् २०१८ मा हुने व्यवस्थापिका निर्वाचन ढिलाइ भएपछि राष्ट्रपतिको विशेषाधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत सबैभन्दा गरिब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आएका थिए ।
उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए । यसमा उनलाई पनि दोषी मानिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस !