भत्कियो नेपालकै दोस्रो लामो पुल

भत्कियो नेपालकै दोस्रो लामो पुल

दाङ : राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पुलमा नदीले क्षति पुर्‍याएको छ। दाङको देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने गरी निर्मित नेपालको दोस्रो लामो पुलमा राप्ती नदीमा आएको बाढीले क्षति पुर्‍याएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

पुलमा नदीले क्षति पुर्‍याएपछि यातायात आवागमन अवरुद्ध भएको छ। राप्ती नदीमा आएको बाढीले पुलको एकातर्फको भागमा क्षति पुर्‍याएपछि पुलबाट यातायातका साधन सञ्चालन बन्द भएको हो। राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

महदेवातर्फ १५–२० मिटर सडक बाढीले बगाएकाले बुधबार बिहानबाट यातायात आवागमन अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। पुलमा क्षति पुगेका कारण अहिले ठूला गाडीहरूलाई रोक लगाइएको छ उनले भने, ‘कटान जारी रहेकाले साना सवारीसाधनलाई पनि रोक्नुपर्ने स्थिति आउन सक्छ।’ तत्काल मर्मत गर्न नेपालगन्जस्थित पुल विभागलाई समेत अनुरोध गरिएको उनले बताए। अहिलेकै स्थितिमा पुललाई भने धेरै खतरा नदेखिएको उनको भनाइ छ।

राप्ती नदीमाथि बनेको यो पुल बर्दियाको कोठियाघाटपछि नेपालको दोस्रो लामो पक्की पुल हो। यो पुल एएनके लुम्बिनी वाईपी जेभीले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको थियो। राप्ती नदीमाथिको पुल २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए। पुलले राप्ती वारि र पारिले जोडेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.