१२ सय ८६ जना कोरोनामुक्त हुँदा १८ सय ७५ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घन्टामा थप १२ सय ८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा १८ सय ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा १० हजार ५०४ नमूना परीक्षणमा १८ सय ७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पीसीआरबाट १२ सय १८ जनामा र एन्टिजेट विधिबाट ६५७ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २९ जनाको ज्यान गएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ।
प्रतिक्रिया दिनुहोस !