नि:शुल्क महाप्रस्थान यान सञ्चालनमा

नि:शुल्क महाप्रस्थान यान सञ्चालनमा

धनगढी : सम्मानजनक मृत्यु यात्राका लागि धनगढी उपमहानगरपालिकामा महाप्रस्थान यान सञ्चालनमा ल्याइएको छ । सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता गोपाल हमालले ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका हुन ।

धनगढीमा पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरी अभियन्ता हमालले ‘महाप्रस्थान यान’ नाम दिएर उक्त वाहन सञ्चालनमा ल्याएका हुन्।

शुक्रबार धनगढीमा एक कार्यक्रमकाबीच महाप्रस्थान यान निःशुल्क रुपमा सञ्चालनका लागि हस्तान्तरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी तथा सुदूरपश्चिम विश्व विद्यालयका पूर्वरजिष्टार डा. हेमराज पन्त र हमाल परिवारले धनगढीका सामाजिक अगुवा सिद्धराज पनेरुलाई यानको चाबी हस्तान्तरण गरे ।

लगानी हमालले गरेका छन् । त्यसको खर्च पनि हमाल परिवारले नै व्यहोर्नेछन् । तर यानको सञ्चालनको व्यवस्थापनको पाटो भने समाजसेवी पनेरुले हेर्ने गरी हस्तान्तरण गरिएको हो । यानमा पनेरुको फोन नम्बर राखिएको छ । फोन गर्ने वित्तिकै यान मृतकका आफन्तको घर पुग्ने बताइएको छ । 

सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता गोपाल हमालले लगानी गरेको महाप्रस्थान यानलाई हस्तान्तरण गर्दै सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिष्टार डाक्टर हेमराज पन्त । तस्बिर : शिवराज भट्ट

हमालले उक्त यान धनगढीवासीमा समर्पित हुने बताए । ‘परिवारको सदस्य गुमाउँदा कुनै पनि परिवार शोकमा डुबेको हुन्छ। त्यस्तो अवस्थामा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुन्छ। शव यात्राका लागि अधिकांशले गाडी दिनै नमान्ने समस्या पनि छ। त्यसैले महाप्रस्थान यानको नाम दिएर निःशुल्क वाहन सञ्चालनमा ल्याइएको हो,' उनले भने ।

उनले पार्थिव शरिरलाई ट्रकमा, ट्याक्टरमा राखेर लैजाने बाध्यता रहेकाले मृत्यु संस्कार मानिसको अन्तिम र महाप्रस्थान भएकाले पनि सजावटयुक्त साधनमा लैजानुपर्ने अवधारणले यान सञ्चालनमा ल्याइएको बताए ।

यानको बीचमा पार्थिव शरीर राख्ने बनाइएको छ भने गाडीभित्र किरियापुत्री र आफन्त बस्ने सीट राखिएका छन् । गाडीको बाहिर पुष्पमाला झुन्ड्याउने गरी हुकहरु राखिएका छन् । गाडीको अगाडिको भागमा मृतकको ठूलो तस्बिर राख्ने व्यवस्था गरिएको छ । 

‘नगरमा कसको महाप्रस्थान भयो भनेर देख्नेले पनि थाहा पाउन, अझ फूलमालाले सजावट गरेको सवारी साधनमा अन्तिम यात्रा होस, स-सम्मान घाटसम्म लगियोस् भनेर यस्तो यानको अवधारण आयो,' हमालले भने ।

यान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार डा. हेमराज पन्तले सम्मानजनक अन्तिम संस्कारका लागि अभियान्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर रचनात्मक कार्य गरेको बताए ।

शवयात्राका लागि लाग्ने ईन्धन, चालक सहितको यान धनगढी उप–महानगरपालिकाभीत्रका ब्यक्तिका लागि मात्रै प्रयोग हुने बताइएको छ । धनगढीबाट मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, नदीको आर्यघाट, शिवगंगा आर्यघाट र कञ्चनपुरको महाकाली आर्यघाटसम्म मात्रै सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.