स्वास्थ्य सेवालाई विकास एजेण्डा बनाउन जनप्रतिनिधिलाई सुझाव

स्वास्थ्य सेवालाई विकास एजेण्डा बनाउन जनप्रतिनिधिलाई सुझाव

परासीः स्वास्थ्य सेवालाई समेत विकासको एजेण्डा बनाउन पश्चिम नवलपरासीका स्थानीय तहहरुलाई सुझाव दिइएको छ ।

अहिले स्थानीय तहका वडा सदस्यहरुले स्वास्थ्य प्रणालीको नेतृत्व गरिरहेकाले स्वास्थ्य सेवालाई समेत विकासकै योजनाका रुपमा अघि सारेर बजेट विनियोजन गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिइएको हो ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रको स्वास्थ्य प्रणालीको सुधार गर्न  तयार पारेको ‘स्वास्थ्य प्रणाली सुदृढिकरण प्रतिवेदन’मा उक्त सुझाव दिइएको हो ।

नगरपालिकाको सहयोगमा एक्सन अर्गेष्ट हंगर नामक गैर सरकारी संस्थाले तयार गरेको प्रतिवेदन ३ वर्षे कार्य योजनासहितको छ । कार्य योजनामा नगर क्षेत्रमा रहेका स्वास्थ्य समस्या, सुदृढिकरण र रणनीतिहरुलाई अवलम्बन गरेर २०८१ को अन्तसम्म नगर क्षेत्रमा रहेका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सेवादेखि भौतिक पूर्वाधार र आधारभूत सामग्रीहरु राष्ट्रिय मापदण्ड अनुसार हुने अपेक्षा लिइएको छ ।

नगर क्षेत्रको स्वास्थ्य प्रणाली सुधारका लागि नगरपालिका आफैंले पहिलो पटक सुझावसहितको प्रतिवेदन तयार गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । प्रतिवेदनमा आएका सुझावका आधारमा आवश्यक बजेट विनियोजन गरेर नगर क्षेत्रको स्वास्थ्य क्षेत्रको सुदृढिकरण गर्ने उनले बताए ।

प्रतिवेदन अध्ययनपछि स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेलले स्थानीय तहहरुलाई मात्र नभई स्वास्थ्य अधिकारीहरुलाई समेत यो प्रतिवेदनले स्वास्थ्य रणनीति बनाउन सहयोग पुगेको बताए ।

प्रतिवेदनमा नगर क्षेत्रको स्वास्थ्य अवस्थाको सबल र कमजोर पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु समावेश छन् । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य प्रणालीको ६ आधार स्तम्भ र १ सय १४ वटा सूचकलाई समावेश गरिएको प्रतिवेदन तयार गर्न २ वर्ष लागेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.