प्रदेश सरकारको लगानी बालुवामा पानी: हरित पार्क झाडीमा परिणत

प्रदेश सरकारको लगानी बालुवामा पानी: हरित पार्क झाडीमा परिणत

विराटनगरः विराटनगर ५ स्थित केशलीया खोलाको बगरमा हरीयाली पार्क निर्माणका लागि प्रदेश सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ ।

गत आर्थिक वर्षमा प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजना अन्तर्गत ५०को लगानीमा सुरु भएको पार्क निर्माणमा यस वर्ष आएको रकम फ्रिज भएपछि लगानी बालुवामा पानी जस्तै भएको हो  ।

विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय स्तरको निर्माण हुने भएपछि पार्क निर्माणको जग्गा पर्ने भएकाले प्रदेश सरकारको लगानी बालुवामा पानी जस्तै भएको हो । यस वर्ष पार्क निर्माणको लागि आएको ३५ लाख विनयोजित रकम काम नै नगरी फ्रिज भएको छ ।

सुनसरी मोरङ सीमा भएर बग्ने केशलीया खोलाले सदैव कटान गर्ने सो स्थानमा पार्क निर्माणको काम गत वर्षको असारमा सुरु भएको थियो । पार्क निर्माण गर्न आएको रकम फिर्ता गएपछि पार्क अहिले झाडीमा परिणत भएको छ । गत आर्थिक वर्षको पानी झरीमा ५० लाखको लगानीमा हरीयाली पार्कको निर्माण सुरु भए पनि ४० लाख मात्र खर्च हुन सकेको थियो । त्यस क्रममा वाल, ५ वटा रुखमा चौतारा निर्माण गरिएको थियो । त्यहाँ निर्माण गरिएको शौचालयको आधा काम मात्र भएको छ ।

केशलीया खोलाको डिलमा हरित पार्क हुलाकी राजमार्गमा पर्ने विराटनगर–५ स्थित केशलीया खोलाको डिलमा निर्माणाधीन छ । प्रदेश १को राजधानी विराटनगरमा बाहिर र आन्तरिक पर्यटकलाई घुम्ने ठाउँको रुपमा हरीत पार्कको निर्माण गर्ने योजना मन्त्रालयको थियो ।

तर विराटनगर विमानस्थालको स्तरोन्नती हुने भएपछि निर्माणधिन पार्क समेत पर्ने भएकाले यस काम रोकिएको विराटनगर महानगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष मिन कुमार अचार्यले बताए ।

दोस्रो चरणको काम सुरु गर्नु भन्दा पहिले नै पार्क निर्माणको जग्गामध्ये करिव १० कठ्ठा जग्गा विराटनगर विमानस्थालमा पर्ने भएकाले काम नगरी रकम फ्रिज भएको उनले बताए । बनाएर तोड्नु पर्ने भएकाले विमानस्थलमा पर्ने जग्गामा वाल लगाएपछि काम गर्ने योजना बनाएको उनले बताए ।

वडाध्यक्ष अचार्यले भने: यस वर्ष काम भएन

कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको बेला मन्त्रालयले उपभोक्ता समितिसँग सम्झौता गरेर गत वर्ष काम सुरु गरेको थियो ।

गत आर्थिक वर्षमा मन्त्रालयसँग बैसाख २३ गते सम्झौता गरेर जेठ महिनादेखि काम सुरु गरेको थियो । स्थानीयहरु असारमा नै विना योजना पार्कमा बजेट खर्च गर्न काम सुरु गरेको भन्दै विरोध जनाउँदै आएका थिए । करिव १ विगाहा १३ कठ्ठाको क्षेत्रफलमा उपभोक्ता समितिले पर्खाल, ट्वाइलेट र गेट बनाउने भन्दै काम सुरु गरेको थियो । तर गेट र शौचालय समेत बनाउन नसकेर रु १० लाख गत वर्ष पनि फिर्ता भएको थियो ।

आर्थिक वर्ष सकिनै लाग्दा उपभोक्ता समितिले पानी परिरहेका बेला समेत आफुखुसी पर्खाल निर्माणको काम गर्दै आएकाले निर्माण काम गुणस्तरहीन भएको स्थानीयहरुले बताएका छन् । गत वर्ष स्वर्गीय मदन भण्डारीको ६९ औं जन्म जयन्तीको अवसरमा नेकपा विराटनगर महानगर कमिटीले गरेको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले त्यहाँ वृक्षरोपण गर्न जाँदा हिलाम्मे र पानी जमेको स्थानमा काम हुँदै थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.