विश्वमै दुर्लभ गरुड फेला

विश्वमै दुर्लभ गरुड फेला

जाजरकोट : विश्वमै दुर्लभ लोभीपापी गरुड जाजरकोटको बारेकोटमा फेला परेका छन्। जिल्लाको बारेकोट गाँउपालिका–२ स्थित जीउलामा लोभीपापी गरुड फेला परेका हुन्। पंक्षी संरक्षण संघका केन्द्रिय सदस्य गोविन्द सिंहले बारेकोटमा पहिलो पटक लोभीपापी गरुड फेला पारेको बताए। 

यसअघि जाजरकोटको भेरी नगरपालिका, बाँकेको चिसापानी र सुर्खेत सिम्तामा लोभीपापी गरुड फेला परेका थिए। सामान्यतया ९ सय १५ मिटरभन्दा कम उचाईको भू–भागमा पाइने लोभीपापी गरुड बारेकोटमा भने एक हजार ६ सय मिटरको उचाइमा भेटिएको सिंहले बताए। धेरै उचाइमा समेत लोभीपापी गरुड भेटिन थालेपछि अध्याताहरूका लागि चासोको विषय हुन सक्ने उनको भनाइ छ। 

जलवायु परिवर्तनका कारण विस्तारै यो पंक्षी लेकतिर बसाइ सर्ने गरेको चराविद्को भनाइ छ। बारेकोट जुम्लासँग सिमाना जोडिएको गाँउपालिका हो। यो अग्ला सिमल र सालको रूखमा बस्ने र गुँड लगाउने गर्छ। रूख फँडानी गर्दा गिद्धलगायत यो पंक्षीलाई असर परेको छ। अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाइ छ। मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पंक्षी लोप हुने अवस्थामा पुगेको छ। यसले बालीनालीमा हुने किरा फट्यांग्रा, भ्यागुतो, सर्प, मुसा खाएर बालीको सुरक्षा गर्ने भएकोले किसानको साथी मानिन्छ। 

लोभीपापी गरुड मध्यम आकारको गरुड हो। यसको गठिलो, प्रायः कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छर ढकनी सेतो भएको हुन्छ। यसको उडानका क्रममा माथिल्ला र तल्ला पखेटा पूरै गाढा देखिन्छ। बच्चा लोभीपापी गरुड वयस्क जस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पखेटाहरूका साथै प्वाँखहरूले ढाकिएको निधार भएको हुन्छ। लोभीपापी गरुड नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो। यो चरा एसियाको रैथाने प्रजाति हो। लोभीपापी गरुड एसियामा नेपाल, भारत हुँदै इन्डोनेसियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ। यो प्रजाति प्रायः ९ सय १५ मिटरभन्दा तलको क्षेत्रमा पाइने गर्छ। यो चराको प्राकृतिक बासस्थान खोलानाला, ओसिलो भूमि, दलदले भू–भाग तथा तालहरूको छेउछाउका घाँसे मैदानहरू हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.