पार्क झाडीमा परिणत

पार्क झाडीमा परिणत

विराटनगर : विराटनगर–५ स्थित केशलिया खोलाको बगरमा हरियाली पार्क निर्माणका लागि प्रदेश सरकारको लगानी बालुवामा पानीजस्तै भएको छ। गत आर्थिक वर्षमा प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजना अन्तर्गत ५० लाखको लगानीमा सुरु भएको पार्क निर्माणमा यस वर्ष आएको रकम फ्रिज भएपछि लगानी बालुवामा पानीजस्तै भएको हो ।

सुनसरी बर्जु गाउँपालिका—१ स्थित बुकडेरी र विराटनगर महानगरपालिका—५ स्थित शंकरवारीको बीचमा हरित पार्क निर्माण हँुदै थियो । विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय स्तरको निर्माण हुने भएपछि पार्क निर्माणको जग्गा पनि पर्ने भएकाले प्रदेश सरकारको लगानी बालुवामा पानी जस्तै भएको हो ।

यस वर्ष पार्क निर्माणको लागि आएको  ३५ लाख  विनियोजित रकम काम नै नगरी फ्रिज भएको छ। सुनसरी मोरङ सीमा भएर बग्ने केशलिया खोलाले सदैव कटान गर्ने सो स्थानमा पार्क निर्माणको काम गत वर्षको असारमा सुरु भएको थियो । पार्क निर्माण गर्न आएको रकम फिर्ता गएपछि पार्क अहिले झाडीमा परिणत भएको छ। गत आर्थिक वर्षको पानी झरीमा ५० लाखको लगानीमा हरियाली पार्कको निर्माण सुरु भए पनि ४० लाख मात्र खर्च हुन सकेको थियो । 

केशलिया खोलाको डिलमा हरित पार्क हुलाकी राजमार्गमा पर्ने विराटनगर–५ स्थित केशलिया खोलाको डिलमा निर्माणाधीन रहेको छ। प्रदेश १ को राजधानी विराटनगरमा बाहिर र आन्तरिक पर्यटकलाई घुम्ने ठाउँको रूपमा हरित पार्कको निर्माण गर्ने योजना मन्त्रालयको थियो ।

तर, विराटनगर विमानस्थालको स्तरोन्नति हुने भएपछि निर्माणाधीन पार्कसमेत पर्ने भएकाले यो काम रोकिएको विराटनगर महानगरपालिका— ५का वडाध्यक्ष मीनकुमार आचार्यले बताए । दोस्रो चरणको काम सुरु गर्नुभन्दा पहिले नै पार्क निर्माणको जग्गामध्ये करिब १० कठ्ठा जग्गा विराटनगर विमानस्थलमा पर्ने भएकाले काम नगरी रकम फ्रिज भएको उनले बताए । बनाएर तोड्नुपर्ने भएकाले विमानस्थलमा पर्ने जग्गामा वाल लगाएपछि काम गर्ने योजना बनाएको उनले बताए ।

वडाध्यक्ष आचार्यले भने– ‘यस वर्ष काम भएन।‘ कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउनको बेला मन्त्रालयले उपभोक्ता समितिसँग सम्झौता गरेर गत वर्ष काम सुरु गरेको  थियो । गत आर्थिक वर्षमा मन्त्रालयसँग वैशाख २३ गते सम्झौता गरेर काम सुरु गरेको थियो । स्थानीयहरू असारमा नै बिनायोजना पार्कमा बजेट खर्च गर्न काम सुरु गरेको भन्दै विरोध जनाउदै आएका थिए । करिब १ बिघा १३ कट्ठाको क्षेत्रफलमा उपभोक्ता समितिले पर्खाल, ट्वाइलेट  र गेट बनाउने भन्दै काम सुरु गरेको थियो । तर गेट र शौचालयसमेत बनाउन नसकेर रु. १० लाख गत वर्ष पनि फिर्ता भएको थियो । आर्थिक वर्ष सकिन लाग्दा उपभोक्ता समितिले पानी परिरहेका बेलासमेत आफू खुसी पर्खाल निर्माणको काम गर्दै आएकाले निर्माणको काम गुणस्तरहीन भएको स्थानीयहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.