सम्झनामा श्रमिकनेता

सम्झनामा श्रमिकनेता

अन्ततःश्रमिकनेता रामजी कुँवर कोरोनासँग पराजित भए। उनी गत असार २१ गते काठमाडौंको शिक्षण अस्पतालमा करिब डेढ महिना कोरोना संक्रमणविरुद्ध लडेका थिए।ट्रेड युनियन आन्दोलनमा सबैका प्रिय रामजी २०१२ सालमा पोखराको कुँवर परिवारमा जन्मिए। जीवनको अन्त्यसम्म पनि उनले नेपालको श्रमिक आन्दोलनमा समय खर्चिरहे। पारम्परिक रूपमै पोखराको कँुवर परिवारको नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागिता छ। उनी त्यस परिवारबाट प्रतिनिधित्व गर्दथे।पञ्चायतकालमा समेत नेपाली कांगे्रसका नेताहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालापोखरा जाँदा उनकै घरमा बस्ने गरेको उनका जेठान दाइ डा. केदारनरसिंह केसी बताउँछन्।

तिसको सुरुआती दशकमा काठमाडौंको लाजिम्पाटस्थित नेपाल सरकारअन्तर्गतको तत्कालीन स्वास्थ्य शिक्षालयमा अहेवको अध्ययन गरेका थिएरामजीले। आईओएमअन्तर्गतको शिक्षालयमा हेल्थ असिस्टेन्टअध्ययन गरें। सोही समयदेखि हामीबीचसम्बन्ध गाँसिएको हो जो पछि नातामा परिवर्तन भयो।उनले करिब २०३२ सालदेखि ३८ सालसम्म नेपाल सरकारअन्तर्गत रहेर अहेवको रूपमा सेवा गरेका थिए। तत्पश्चात उनी पब्लिक हेल्थमा डिप्लोमा गर्न भारतको तामिलनाडुस्थित गान्धीग्राम रुरल युनिभर्सिटीमा अध्ययन गर्न गए। फर्केर आएपछि फेरि नेपाल सरकारको स्वास्थ्य सेवामा संलग्न भए। पञ्चायतकालमा समेत नेपालमा प्रजातन्त्र स्थापनार्थ प्रजातन्त्रवादीहरू संलग्न रहेको स्वास्थ्यकर्मीको संगठनमा जोडिएर विभिन्न आन्दोलनमा जोडिए। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापश्चात नेपालको श्रमिक आन्दोलनमा सहभागी हुनजागिरबाट राजीनामा दिए।

पञ्चायतकालमा समेत नेपालमा प्रजातन्त्र स्थापनार्थ प्रजातन्त्रवादीहरू संलग्न रहेको स्वास्थ्यकर्मीको संगठनमा जोडिएर रामजी विभिन्न आन्दोलनमा जोडिए। बहुदल आएपछि नेपालको श्रमिक आन्दोलनमा सहभागी हुनजागिरबाट राजीनामा दिए।

४६ सालको जनआन्दोलनपछि तत्कालीन समयमा लक्ष्मण बस्नेतको नेतृत्वमा गठित नेपाल ट्रेड युनियन कांगे्रसको तदर्थ समिति सदस्य भए रामजी। उनको पछिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष हँुदै हाल सल्लाहकारमा क्रियाशील थिए।श्रमजीवीको प्रतिनिधित्व गर्दै सुशील कोइरालाको समयमाकांगे्रसको आमन्त्रित केन्द्रिय सदस्य बने। गत स्थानीय चुनावमा कांगे्रसका तर्फबाट पोखरा महानगरपलिकाको मेयरमा प्रत्यासी भए। पंक्तिकार २०५४ सालमा यातायात मजदुर संघको महासचिव भएपछि उनीसँग सम्पर्क र सम्बन्ध बढ्न गयो।अन्तिम समयसम्म उनीसँग दाजुभाइको र अनौपचारिक खालको सम्बन्ध रह्यो। उनलाई कोरोना संक्रमण भएको थाहा पाएँ। लगत्तै उनीसँगसामाजिक सञ्जालमार्फत गत वैशाख २७ गते संवाद भयो जो मेरा लागि अन्तिम हुन पुग्यो।

करिब २४ वर्ष नजिक रहेर नेपालको श्रमिक आन्दोलनमा काम गर्ने अवसर प्राप्त गरें। उनको कसैलाई नबिझाउने र हाँसेरै समस्या समाधान गर्ने गुण थियो। कसैप्रति रिसराग र इख नराख्ने स्वभाव मलाई मनपथ्र्यो। २०५९ सालमा झापामा सम्पन्न यातायातकोमहाअधिवेशनमा उनी ट्रेड युनियन कांगे्रसको प्रतिनिधि भएर जहाँबाट मैले सो संस्थाको राष्ट्रिय अध्यक्षको रूपमा जिम्मेवारी प्राप्त गरें। नेपाल ट्रेड युनियन कांग्रेसको पोखरास्थित भवन निर्माणमा उनकोविशेष भूमिका रह्यो। युनियनको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनिनु त भएकै थियो तर गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने भएकाले उनको मार्गनिर्देशन र नेतृत्वदायी भूमिकासदैव खड्किने युनियन कांगे्रसका गण्डकी प्रदेशअध्यक्ष मुरारी शर्मा बताउँछन्।

२०५० सालको महाधिवेशनपछि हामीकेन्द्रिय सदस्यमा निर्वाचित भयौं। करिब दुई वर्ष काठमाडौंमा एउटै कोठामा दाजुभाइ बनेर बस्यौं। गत महाधिवेशनमा समेत सहृदयी तवरले तिमी अगाडि बढ भनेर मलाई अध्यक्षमा प्रस्ताव गरेका रामजीको निधनबाट वर्तमान श्रमआन्दोलनलाई निःसन्देह नै क्षति पुगेको छ।युवा उमेरमा२०२७/२८ सालतिर पञ्चायती शासनविरुद्ध आन्दोलनमा सहभागी हुन पोखरा पुग्दा उनलाई किशोरवयमा विरोधसभाहरूमामैले देखेको थिएँ। २०४६ सालपछि खुला परिवेशको श्रमिक आन्दोलनमा उनी सदैव क्रियाशील रहे। श्रमक्षेत्रको व्यवसायजन्य स्वास्थ्य सुरक्षा विषयमा उनी विशेष दख्खल राख्दथे। मूलतः जापानीज ट्रेड युनियन संस्थाहरूसँगउनको राम्रो सम्बन्ध थियो। सन् २००८ तिर जापानीज संस्था जिलाफका तत्कालीन अध्यक्ष टेरिहिटो टुकुमोटोलाई पोखराका श्रमिकसाथीहरू भेटाउन लगे। टुकुमोटो सोही समयमा जापान पुगेपछि उनको देहावसान भयो।

तत्पश्चात रामजीले उनको सम्झनामा पोखरास्थित ट्रेड युनियन भवनको बैठक कक्ष उनको नाममा साथीसँग सल्लाह गरेर नामाकरण गरे। उनलाई यस महामारीले चुँडेर त लग्यो तर सबै श्रमजीवीको मनमनमा सदैव रहने गरेर विदाइ भए। श्रमिकहरूले असार २२ गते काठमाडौंस्थित ट्रेड युनियन कांगे्रसको परिसर तथा पोखरामा रामजी कुँवरलाई श्रद्धाञ्जली व्यक्त गर्दै अन्तिम विदाई गरे। उनलाई श्रद्धाञ्जली गर्न तथा परिवारजनमा समवेदना व्यक्त गर्न निधन भएकै दिन शिक्षण अस्पतालमा कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रिय सदस्य डा. शेखर कोइराला पुगे। ट्रेड युनियन कांगे्रसपरिसरमा श्रद्धाञ्जली व्यक्त गर्न महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत दर्जनौं गन्यमान्य व्यक्तित्व पुगेका थिए। अबको पुस्ताले उनले श्रमिक आन्दोलनप्रति शालिनता तथा भद्रताका साथ देखाएको सर्मपणभाव देखाउन जरुरी छ। पुनः एकपटक श्रमिकनेता प्रिय दाइ रामजी कुँवरप्रति हार्दिक श्रद्धाञ्जलि!

-लेखक ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.