प्रदेश २ : दुई मन्त्रीले दिए राजीनामा
जनकपुर : प्रदेश २ सरकारका दुई मन्त्रीले राजिनामा दिएका छन्। माओवादीलाई सरकारमा सहभागी गराउन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन्।
नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मार्ग–प्रशस्त गर्न उनीहरूले राजीनामा दिएका हुन्। राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए।
माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको कुशवाहाले बताए। शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने तयारीमा छन्।
मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन्। मन्त्री बन्न लागेको भरतप्रसाद साह महोत्तरी जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् भने रुबि कर्ण सप्तरी जिल्ला निवासी हुन्।
प्रतिक्रिया दिनुहोस !