बलात्कारपछि बालिकाको हत्या : आरोपित पुर्पक्षका लागि थुनामा

बलात्कारपछि बालिकाको हत्या : आरोपित पुर्पक्षका लागि थुनामा

राजविराज : बालिकाको बलात्कारपछि गाउँमा हल्ला हुने डरले हत्या गरेको आरोपमा आइतबार एक आरोपित राजविराज कारागारमा थुनामा गएका छन् । जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अदालतले जनाएको छ ।

सोही ठाउँकी ९ वर्षीया शिवानीकुमारी यादवलाई गत असार ४ गते बिहान आरोपित यादवले बलात्कार गरी हत्या गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । डाक्नेश्वरी नगरपालिका–३ हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा पीडितको हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

पाँच वर्षीया बहिनीसँग बाख्रा चराउँदै घाँस काटन गएकी शिवानीले सिमसिम पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर आफू फूलबारीमा हावाले झारेको आँप टिप्न लागिन् । पीछा लागेका आरोपितले आँप टिपिदिने लोभ देखाई बलात्कार गरेको र घरपरिवारमा भनिदिने डरले बालिकाले बोकेको हँसियाले नै उनको घाँटी काटेर हत्या गरेको प्रहरी अनुसन्धानले जनाएको छ । 

प्रहरीले घटनाको दुई दिनपछि आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको हो । जिल्ला अदालतमा उपस्थित गराइएका आरोपितले बलात्कारको प्रयास असफल भएको र पीडितले सो कुरा गाउँमा भनिदिने डरले हत्या गरेको स्विकारेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.