प्रदेश १ मा ८० प्रतिशत धान रोपाइँ सकियो

प्रदेश १ मा ८० प्रतिशत धान रोपाइँ सकियो

विराटनगर  : अन्न भण्डारको उर्वरभूमि मानिने प्रदेश १ मा साउनको पहिलो हप्तासम्म ८० प्रतिशत धान रोपाइँ भएको छ । प्रदेश १ मा सबैभन्दा बढी तराईका जिल्लामा धान रोपाइँ भएको हो ।

तराईका तीन जिल्लामा दुई लाख २५ हजार ८सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको र हालसम्म एक लाख ८७ हजार ६सय ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

त्यसपछि मध्य पहाडीमा क्षेत्रमा ७४ प्रतिशत धान रोपाइँ भएको छ । ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा धान खेतीहुँदै मध्य पहाडी जिल्लामा हालसम्म ६६ हजार ८ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषिविकास निर्देशनालय प्रदेश १ विराटनगरले जनाएको छ । 

प्रदेश १ मा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको र हालसम्म २ लाख ७३  हजार ७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।  गतवर्ष यतिबेला ८३ प्रतिशत धान रोपाइँ भएको थियो  ।

उच्च पहाडी जिल्लाको सोलुखुम्बुमा सबैभन्दा बढी ९५ प्रतिशत रोपाइँ भएको छ  । एक हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको र हालसम्म एक हजार ४ सय ४८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको  छ।

यस वर्ष समयमै पानी परिरहेकाले रोपाइँ बढी भएको कृर्षि अर्थ विज्ञ नेत्रमणी काफ्लेले जानकारी दिए । उच्च पहाडी जिल्लाको ताप्लेजङमा  ८  हजार ७सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ८५ प्रतिशतधान रोपाइँ भएको छ ।

संखुवासाभामा १३ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ७० प्रतिशत रोपाइँ भएको छ। त्यसैगरी मध्य पडाही जिल्ला ओखलढुङ्गमा ४ हजार ४सय ३ हेक्टर क्षेत्रफलमध्ये ६८ प्रतिशत धान रोपाइँ भएको हो।

भोजपुरमा १८ हजार ९२  हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म  ८५ प्रतिशत धान रोपाइँ भएको छ ।  यस्तै धनकुटामा हालसम्म ७० प्रतिशत, तेह्रथुममा ७० प्रतिशत,  उदयपुरमा ६४ प्रतिशत रोपाइँ भएको छ । 

त्यस्तै खोटाङमा ७५ प्रतिशत रोपाइ सम्पन भएको छ । पाचँथरमा  ७५ प्रतिशत , इलाममा ६५ प्रतिशतधान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयले रोपाइँको सिजन अहिले रहेकाले पहाडी जिल्लामा साउन भरी रोपाइँलाई उपयुक्त मानिने जनाएको छ ।  तराईका जिल्लामा भदौ १५ सम्म धान रोपाइँ हुने गरेको कृर्षि अर्थ विज्ञ काफ्लेले जानकारी  दिए  । 

प्रदेश १ को तीनवटा तराइँका जिल्लामा धान रोपाइँ उल्लेख्नीय नहुनुमा सुनसरी मोरङ सिचाइँ योजनाको नहरमा रोपाइँको बेलामा पानी नछोड्नु र अकाशे पानी समेत निरन्तर नभएकाले धान रोपाइ प्रभावित भएको बताइएको छ।

झापामा ८८ प्रतिशत धान रोपाइँ सकिएको छ।  झापा धानजोनको रुपमा स्थापीत छ । मोरङमा भने  ८० प्रतिशत धान रोपाइँ भएको छ । मोरङमा ८३ हजार ३ सय हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ७७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

२०७२ सालमा अविरल वर्षासँगै आएको बाढीले मोरङको लोहन्द्राखोलामा आएको बाढीले नहर बगाउँदा लोहन्द्रादेखि दक्षिण केराउनसँगै रंगेलीसम्म र कानेपोखरी  
रंगेली रोडको पश्चिमका करिब १० हजार हेक्टर खेतमा पानी अभावमा रोपाइँ प्रभावित बनेको बताइएको छ । सुनसरीमा ५५ हजार  हेक्टर क्षेत्रफलमध्ये ८० प्रतिशतमात्र धान रोपाइँ भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.