६८ दिनपछि कोरोना संक्रमित डिस्चार्ज

६८ दिनपछि कोरोना संक्रमित डिस्चार्ज

दार्चुला : दार्चुलाको लेकम गाउँपालिकाका एकजना कोरोना संक्रमित ६८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

लेकम गाउँपालिका-५ मैखोलीका इन्द्रदेव जोशी स्वास्थ्यमा समस्या देखिएपछि वैशाख २९ गते जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका थिए । जोशीको स्वास्थ्य चेकजाँच गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

तर ६८ दिनपछि सोमबार बल्ल उनी अस्पतालबाट डिस्चार्ज भएका हुन्को । जोशीका आफन्त रामदत्त जोशीका अनुसार उनलाई भेन्टिलेटर, एचडीयुमा राखेर उपचार गरिएको थियो । पुर्नःजन्म नै पाएको भन्दै जोशीले उपचारमा खटिएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई खादा लगाएर सम्मान समेत गरेका थिए।

'चिकित्सकले मलाई बचाउनुभयो। आज मैले पुनर्जन्म प्राप्त गरेँ, उनीहरुलाई म हृदयदेखि नै सम्झन र सम्मान गर्न चाहन्छु,' जोशीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.