मकरीगाड हाइड्रोपावरमा कार्यरत ओभरसियरको ढुंगा लागेर मृत्यु
![मकरीगाड हाइड्रोपावरमा कार्यरत ओभरसियरको ढुंगा लागेर मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_pVhBFbiN3W.jpg)
दार्चुला: अपी हिमाल गाउँपालिका ५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओभरसियर गणेशसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अपी हिमाल गाउँपालिका ३ घर भएका बोहरा निर्माणाधीन १० मेगावट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए ।
निर्माणको काम चलिरहेको बेला ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)