दाजुसँग बिहे गर्न नपाएपछि सुजिताले आत्महत्या गरेको खुलासा

दाजुसँग बिहे गर्न नपाएपछि सुजिताले आत्महत्या गरेको खुलासा

चितवन : अपरहणमा परेकी भनिएकी पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएपछि आत्महत्या गरेको रहस्य खुलेको छ । आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

सुजिताको आफ्नै ठूलोबुवाको छोरा झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । विवाह नभएपछि उनले आत्महत्या गरेको प्रहरीले जानकारी गराएको छ ।

लामो समयदेखिको एकअर्काको आकर्षणपछि सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् । सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच विवाद भएको थियो ।

सुजिताले विवाह नगरे मर्ने धम्की दिएकी थिइन् । सुकदेवले ‘जे गर्छस् गर ’ भनेपछि दुई जनाबीच सम्पर्क नभएको प्रहरीको भनाइ छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

समाजिक तथा नैतिक कठिनाइका कारण सकेसम्म विदेश जाने योजना बनाएका थिए । संभव नभए एकआपसमा अपहरणको बाहना बनाइ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । सुकदेवलाई काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रकाश अधिकारीले बताए ।

सुजितासँग खिचेको फोटो सुकदेवले डिलिट गरेका थिए । प्रहरीले मोबाइलबाट सबै फोटो रिकभर गरेर झिकेको छ । सुकदेव र सुजिता काठमाडौंमा एकैसाथ बस्ने योजना बनाएका थिए ।

दिदीको घर गएकी सुजिताले सुकदेवलाई काठमाडौंमा तुरुन्त कोठा खोज्न दबाब दिएको अनुसन्धानबाट खुलेको छ । ‘हाम्रो अनुसन्धानबाट सुजिताको एक विशेष व्यक्तिसँगको सम्बन्ध पत्ता लगायो । दाजुबहिनीको भन्दा पनि शंकास्पद रहेको परिवार स्रोतबाटै थाहा भयो, 'अनुसन्धान अधिकारी डिएसपी इन्द्रबहादुर रानाले भने ‘ ,'सबै प्रमाण र तथ्यबाट हामीले पत्ता लगाउन सफल भयौं।’

सुजिता बुद्धशान्ति कलेजमा बीबीएस चौथो वर्ष परीक्षा सकेर विदामा बसेकी थिइन् । गत असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भीरमा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी थिइन् । 

पहिला परिवारले हत्याको आशंका गरेर जाहेरी दिएका थिए । अहिले घटनाको विषयमा आमा अम्बिका भण्डारीले सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी छिन् । सुकदेवलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरेर अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.