गण्डकी सरकारमा स्याङ्जाका २ मन्त्री

गण्डकी सरकारमा स्याङ्जाका २ मन्त्री

स्याङजा : गण्डकी प्रदेश सरकारले पूर्णता पाएसँगै स्याङजाका २ जना सांसद मन्त्री भएका छन्। चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको स्याङजाले २ जना मन्त्री पाएको हो।  एघार सदस्यीय मन्त्रीमण्डलमा नेपाली कांग्रेसतर्फका समानुपातिक उम्मेदवार मेखलाल श्रेष्ठ र नेकपा गठबन्धनबाट प्रत्यक्षतर्फ निर्वाचित दिपक थापा  (चर्ति मगर) मन्त्री बनेका हुन्। 

श्रेष्ठलाई शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालय र थापालाई वन, वातावरण तथा भू–संक्षण मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनीहरुले शुक्रबार नै सपथ लिए।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक महिनापछि मन्त्री मण्डललाई पूर्णता दिंदै शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दा स्याङजाका २ जना मन्त्री बनेका हुन्। प्रदेश सरकारले ११ मन्त्रालय सहितको मन्त्रीपरिषद गठनकार्यलाई पूर्णता दिएको जनाएको छ। 

मेखलाल श्रेष्ठ साविक दार्सिङ दहथुम गाविस हाल भीरकोट नगरपालिका १ निवासी हुन्। उनले नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेका थिए। वालिङ बहुमुखी क्याम्पसमा नेविसघंको इकाई सभापति, जिल्ला उपसभापति, नेपाल तरुण दलको पूर्व केन्दीय सदस्य हुँदै नेपाली काँग्रेसको महासमिति सदस्य भएर जिम्मेवारी पूरा गरेका छन्। 

उनी समानुपातिकतर्फ पहिलो नम्बरमा सूचिकृत थिए। नेपाली काँग्रेसको संसदीय दलको उपनेतासमेत पनि हुन्। 
 
त्यस्तै साविकको बिरुवा अर्चले गाविस हाल बिरुवा गाउँपालिका २ निवासी थापाले कम्युनिष्ट पार्टीको सदस्य लिइ राजनीतिक यात्रा सुरु गरेका थिए। पूर्व शिक्षक समेत रहेका उनी २०५२ सालदेखि नेकपा माओवादीमा आवद्ध छन्।  पार्टी जनसरकार स्याङ्जाको प्रमुख, राज्य समितिको सचिवालय सदस्य भएर काम गरिसकेका छन्। 

२०६४ सालको संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ मा उम्मेदवार भई पराजित भए। २०७४ को निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर १ (क) को प्रदेशसभा निर्वाचनमा तत्कालीन बाम गठबन्धनतर्फ उम्मेवार भइ विजयी भए।

प्रत्यक्षतर्फका ४ र समानुपातिकतर्फका एक सांसद रहेको स्याङजाले यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री पाएका थिएनन्। गुरुङ् नेतृत्वको सरकार ढलेसँगै कांग्रेस नेतृत्वमा बनेको कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकारले स्याङजाका २ मन्त्री बनेसँगै जिल्लामा खुशी छाएको छ। 

जिल्लामा देखिएको नयाँ भेरियन्ट सहित बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसुलभ कोरोनाविरुद्धको खोपको छिटो र सहज उपलब्धताका लागि नवनियुक्त मन्त्रीसँग जिल्लाबासीको पहिलो र मुख्य अपेक्षा छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.