बाढीको डरले रातभर जाग्राम

बाढीको डरले रातभर जाग्राम

गुलरिया : गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुर गाउँका वडघर तिहारबहादुर चौधरी रातभर जाग्राम बस्छन् । बबई नदीको नजिकै रहेको बस्तीमा वर्षादको बेला कतिबेला बाढी आउँछ भन्ने उनलाई सधैं पिरलो छ । पानी परेको दिन त बस्तीका सबै बासिन्दा जाग्राम हुन्छन् ।

पटक पटक बाढीको चेपेटामा पर्दै आएको सदरमुकाम अवस्थित बालापुर बस्तीका स्थानीय तीन महिना समस्यामा पर्छन् । 'असार, साउन र भदौ महिना हाम्रो लागि अभिषाप भएर आउँछ', वडघर तिहार बहादुरले दुःखेसो पोखे, 'बाढी आउने महिनामा हामीहरु रातभरी निदाउँदैनौं । कतिबेला बाढी आउँछ अनि घर परिवार तहस नहस पार्छ भन्ने हामीलाई सधैं त्रास रहन्छ । पटक पटक राती उठेर नदी हेर्न पुग्छौं । नदी बढेको अवस्थामा गाउँलेलाई खबर गर्छौं ।'
    

उनले भने, 'बस्तीमा बाढी पस्यो भने गाउँ नै ६ फुट डुब्छ । पशुचौपायाहरुको विजोग हुन्छ । हामी त सेल्टर हाउसमा बसौला पशुहरुलाई कहाँ लैजाने चौपायाको समेत विजोग हन्छ ।'

बाढीले धेरै धनजनको क्षती ब्यहोर्नु परेको उनले बताए।  'नदीमा तटबन्धको काम त कता कता भैरहेछ । हाम्रो गाउँको नजिकै करिव १-२ किलोमिटर क्षेत्रमा कुनै पनि तटबन्धन भएको छैन । खोइ हाम्रो यता किन तटबन्ध भएन', उनले अनभिज्ञता प्रकट गर्दै थपे, 'हामीलाई पनि राज्यले सुरक्षा दिनु पर्ने हो किन लापरवाही गर्यो होला?'

तत्कालीन सिंचाई मन्त्री संजयकुमार गौतमले बबई, भादा, औरहीनदी नियन्त्रण आयोजनाको कार्यालय बर्दियामा स्थापना गरी नदी नियन्त्रण कार्य शुचारु गरेपछि गुलरियावासी हौसिएका थिए । गौतमको कार्यकालपछि यतिका वर्ष बितिसक्दा पनि नदी नियन्त्रणको काम नसकिएपछि स्थानीयहरु निरुत्साहित बनेका छन् । बबई, भादा, औरहीनदी नियन्त्रणको काम कछुवाको गतिमा भएको प्रति स्थानियहरु चिन्तित छन् । आयोजनाको काम समयमै सम्पन्न नहुँदा स्थानीय बबईको बाढीबाट त्रासमुक्त हुन सकेका छैनन् ।

'हामीलाई बाढीको डरले अझै छोडेको छैन', बालापुर निवासी खुशीराम थारुले भने, ' बबईको सबैतिर ड्याम सहितको तटबन्ध निर्माण हुँदैछ । तर हाम्रो बालापुरको क्षेत्रमा निर्माणको काम सुरु हुने तरखर नै छैन । बाढीका कारण स्थानीयको तरकारी खेती, माछा पालन, पशुचौपाया लगायत अन्नपातहरु नष्ट भएर जान्छ । त्यसको क्षती कसले ब्यहोर्ने?' जसरी हुन्छ हाम्रो बालापुर गाउँ सुरक्षित गर्दिनु पर्यो । ०७१ र ०७४ को बबई नदीमा आएको बाढीले बालापुरवस्ती धेरै प्रभावित भयो । फेरि पनि नहोला भन्न सकिन्न ।

गुलरिया नगरपालिका र वडाको बजेटले नदि नियन्त्रणमा कुनै उपलब्धी देखिंदैन । तर पनि नगरपालिकासँगको सहकार्यमा बालापुरमा सेल्टर हाउस निर्माण भएको गुलरिया नगरपालिका वडा नम्वर ५ का वडा सदस्य युवराज श्रेष्ठले बताए । 'वडाले समुदायमा बाढीको सचेतना दिने गरेका छौं । बाढीले निर्माण गरिएका सडक समेत बगाउने गर्छ । बालापुरमा बबई नदीको बाढी आए धनजनको ठूलो क्षती हुन्छ', उनले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.