बाघको निगरानी गर्दै स्याटेलाइट रेडियो

बाघको निगरानी गर्दै स्याटेलाइट रेडियो

गुलरिया : संरक्षित बन्यजन्तु पाटे बाघको आनीवानीलगायत आवागमन अनुगमन गर्न जडान गरिएको स्याटेलाइट रेडियो कलरमार्फत बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको बाघको अध्ययन सुरु गरिएको छ । 

केही महिनाअघि निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको थियो । निकुञ्ज विभागले मन्त्रीस्तरिय निर्णयबाट बर्दिया–बाँके कम्प्लेक्समा ४ वटा पाटेबाघ अध्ययन गर्ने अनुमति पाएअनुरुप पहिलो चरणमा बर्दियाको बाघमा स्याटेलाईट रेडियो कलर जडान भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । 

'पहिलो जडान गरिएको स्याटेलाइट रेडियो कलरमार्फत पहिलो बाघको अध्ययन सकिएपछि पर्फमेन्सको आधारमा अन्य बाघको पनि अध्ययन सुरु गर्छौं,' हामीले पोथी बाघमा कलर जडान गरी अनुसन्धान गर्दैछौं, लगत्तै भालेबाघमा पनि स्याटेलाइट जडान गर्ने तयारी हुँदैछ,'उनले भने।

 
बाघले कसरी शिकार गर्छ । राजमार्गमा कसरी आवागमन गर्छ । सबै कुराको अध्ययन रेडियो कलरबाटै हुन्छ । उनले भने बाघमा जडान गरिएको स्याटेलाइट र रेडियोबाट निकुञ्जमा आएको सूचना अनुसार फिल्डमा पनि अनुगमन भइरहेको छ। बाघको मुभमेन्ट, कोर शिकार क्षेत्रलगायत राजमार्ग सडक खण्डमा बाघको आवागमनको अध्ययनलाई लक्षित गर्दै अनुसन्धान भइरहेको छ।' राजमार्गमा कुन क्षेत्रमा बाघले बढी क्रस गर्छ हेर्दैछौं, अध्ययनपश्चात राजमार्गमा कस्तो प्रकृतिको सडक पूर्वाधारहरु बनाउँदा उचित हुन्छ, विश्लेषणसहितको रिपोर्ट निकाल्ने तयारी निकुञ्जको छ,'उनले भने।

रेडियो कलरमार्फत गरिएको अध्ययन र अनुसन्धानबाट बाघ संरक्षणको योजना बनाउन पनि मद्दत पुग्छ । पछिल्लो समय बर्दियामा भएका मानवीय आक्रमणका घटनाहरु समाधान गर्न सहज हुने अनुमान गरिएको छ। 

निकुञ्जका अनुसार स्याटेलाइटले दिएको सूचना अनुसार बाघ राजमार्गलगायत आफ्नै एरियामा बसेको पाइएको छ। बाघले आधार क्षेत्र छाडेर खासै बाहिर निस्किएको देखिदैन । पोथी बाघमा कलर गरिएकाले खासै टाढा पुगेको पाइएको छैन।  अब भाले बाघमा कलर जडान गरी अनुसन्धान गरिनेछ।

वयस्क भाले बाघले ५० देखि २०० स्क्वायर किलोमिटर र पोथी बाघले १५ देखि ३० स्क्वायर किलोमिटरको रेञ्जमा आधारक्षेत्र बनाउँछ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममा संरक्षण अधिकृत रविन कडरियाले भने निकुञ्जले पोथी बाघमा रेडीयो कलर जडान गरेकाले प्राप्त डाटा अनुसार सानो क्षेत्रमा बाघले आवागमन गरेको देखिन्छ । बाघमा स्याटेलाईट रेडीयो कलर जडानका लागि कोषले प्राविधिक लगायतको सहयोग उपलब्ध गराएको छ । बर्दियामा ८७ वटा पाटेबाघ छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.