अवैध निकासी हुन लागेको १ करोड मूल्य बराबरको केराउ बरामद

अवैध निकासी हुन लागेको १ करोड मूल्य बराबरको केराउ बरामद

परासी : भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको हरियो केराउ (मटर) जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ । बरामद भएका केराउ परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट रहेको प्रहरीले जनाएको छ । 

३ वटा ट्रक र ७ वटा पिकअप भेनबाट लोड गरेर लैजाँदै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । बरामद भएको केराउको परिमाण ७ सय ३० क्विण्टल छ ।  

परासीहुँदै सीमावर्ती क्षेत्रमा लैजानका लागि भैरहवाबाट बुधबार २३ वटा सवारीसाधनमा केराउ लोड भएको जानकारी पाएपछि निस्केको प्रहरीले परासी क्षेत्रबाट ७ वटा पिकअप भेन पक्राउ गरेको हो । 

पिकअप भेन पक्राउ भएपछि अन्य सवारीसाधनहरु नआएको हुन सक्ने प्रहरीको अनुमान छ । त्यस्तै प्रतापपुर सीमा क्षेत्रबाट १ वटा ट्रक पक्राउ गरेको छ भने बिहीबार बर्दघाट क्षेत्रबाट २ वटा ट्रकमा लोड गरेको केराउ बरामद गरेको हो । उक्त २ वटा ट्रकबाट ४ सय २० क्विण्टल केराउ रहेको छ । अन्य क्षेत्रबाट बरामद भएको केराउ ३ सय १० क्विण्टल छ । बरामद भएका केराउबारे आवश्यक अनुसन्धान भइरहेको नायब उपरीक्षक लामाले जानकारी दिए ।

पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट केराउ तस्करी बढ्न थालेपछि प्रहरीले विभिन्न स्थानमा चेकिङ्ग प्वाइण्ट राखेर चेकजाँचलाई तिव्रता दिएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए । नेपालमा भन्दा भारतमा महङेमा बिक्री हुने भएकाले जिल्लाबाट केराउ तस्करी हुँदै आएको छ ।

नेपाली बजारमा १ सय २५ देखि १ सय ३० रुपैयाँसम्म प्रतिकेजी बिक्री हुने केराउ भारत पुर्‍याएपछि प्रतिकेजी ३० देखि ४० रुपैयाँ नाफा हुने गरेको व्यवसायीहरुले बताएका छन् । हप्ता दिनअघि पनि प्रहरीले २२ लाख बराबरको केराउ बरामद गरेर लिलामका लागि महेशपुर भन्सार कार्यालय पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.