किसान रुवाउँदै चिनी उद्योगी

किसान रुवाउँदै चिनी उद्योगी

जनकपुरधाम : गत वर्ष सर्लाहीका ६४ बर्षीय वृद्ध उखु किसान नारायण राय यादवको उधारो रकमका उठान आन्दोलन गर्दा गर्दै कठियांग्रिएर काठमाडौंमा ज्यान गयो। उखु उब्जाउन बैंकसँग लिएको ऋणमा उनी डुबेका थिए। रकम लिएर आउने आशमा उनको परिवार मृत्युको खबरले छाँगाबाट खसे। उनको परिवारलाई सरकारले राहत पनि दिएन। किसानलाई उद्योगीबाट अझै सम्म पुरानो रकम पाउन सकेका छैन।

एक त नगदमा उब्जाएको उखु किसानले उद्योरोमा उद्योगीलाई बेच्छन्। ऋण काढेर बर्ष दिन लगाएर उब्जाको उखु क्रसिङ्ग गरेर उद्योगी ७२ घण्टामा चिनी बनाउँछन्। लगतै बिक्री गरेर मालामाल बन्छन्। तर किसान त्यही उखु उब्जाउने किसानले पाँच, पाँच वर्षसम्म भूक्तानी पाउँदैनन्। ५ बर्ष यताको उखुको बक्यौता रकम नपाउने किसानको संख्या सर्लाहीमा मात्रै १५ हजारको हाराहारी रहेको उखु किसान संघर्ष समितिका संरक्षक राजेश मिश्र बताउँछन्।

सर्लाहीको सिसौटियाका ६५ बर्षीय उखु किसान रामबिलाश महतो चिनी उद्योगीले आन्दोलन गरेपछि थोरै पारिश्रमिक दिएपनि उद्योगीले सधैँ उधारो राख्ने गरेको बताउँछन्। 

भन्छन्,‘सरकारले आन्दोलन रोकाउँछ। उद्योगीहरूले किसानको बक्यौता नदिएर झुलाउँछ।’ तीन बर्ष अघि अन्नपूर्ण चिनी मिललाई उद्यारोमा उखु बिक्री गरेका उनले ८५ हजार रुपैंया पाएका छैनन्। रामबिलास बक्यौता उठाउन बस चढेर सरकार गुर्हान काठमाडौं पुगेका छन्। धान र उखु खेतमा रासायनिक मल हाल्न पैसा नभएको गुनासो गर्छन्।  अढाई विघामा रामबिलासले उब्जाउँदै आएको उखु खेती १ विघामा झारेका छन्। पोहोर, परारै चिनी उद्योगलाई बिक्री गरेको उखुको रकम उनी जस्ता किसानले पाएका छैनन्। खेतमा नयाँ उखु तयार हुदैं गर्दा किसानको हातमा पुरानै रकम परेको छैन।

रामबिलाशका छिमेकी हरिश्याम राय पनि उखुको रकम उठाउन काठमाडौंमा छन्। उनको परिवारले तीन पुस्तादेखि उखु खेतीमा जीवन खोज्दैं आएका छन्। तर, अब उनी खेतीबाट आजित भइसेका छन्। आफ्नै रकमको मूल्य लिन सबै आन्दोलनको बाटो रोज्नु पर्ने ? उनले प्रश्न गर्दै भने,‘महालक्ष्मी र अन्नपूर्ण चिनी मिलसंग उनले २०७४ साल यताको झण्डै ५ लाख लिनु छ।’
हरिश्याम जस्ता किसानहरू ज्यानको बाजी लगाएर चिनी उद्योगमा उधारो उखु बुझाउँदै आएका छन्। देशका लाखौं कृषकहरू टयार गाडी र ट्रलीमुनी रात काटेर प्रत्येक बर्ष शीतहरमा गाडीमुनी बसेर उखु बुझाउन पालो कुर्छन्। रातभरी अनिद्रै बसेर नगदमा उब्जाएको उखु चिनी उधारोमा बिक्री गर्न बाध्य छन्। उनीहरू हरेक दिन मृत्यु जितेर दशकौंदेखि उद्योरोबाट घर फर्किदै आएका छन्। भुँईमा खाने र भुँईमै सुत्ने उखु किसानको रहर नभएर बाध्यता हो। पौष, माघ, फाल्गुण गरि तीन महिना उद्योगीका लागि उखुको क्रसिङ्ग सिजन हुन्छ। किसानका लागि मृत्यु जितेर घर फर्किने महिना। उद्योगीलाई उखु बुझाउन मृत्युसँग समाना गर्नु पर्ने पीडा दशकौं अघिको छ। यो व्यथा राती मिलमा पुग्नेले किसानलाई मात्रै थाहा छ। चिसोमा सुत्दा किसानहरू बिरामी पर्छन्। उखुबाट आएको आम्दानी उपचार गराउन अस्पताललाई बुझाउनु पर्ने अर्को बाध्य छ। तर, उद्योगीले सधैं किसानलाई भुक्तानी नदिएर रुवाउँछ।

नगदे बाली भनेर पहिचान पाएको उखु उद्यारोमा उद्योगीलाई जिम्मा लगाउनु किसानका लागि दुभाग्य हो। हरिश्यामले पाँच बर्ष अघिसम्म १८ विघामा उखु लगाउँथें, अहिले मुश्किलले ४ विघामा खेती लगाएका छन्। ‘कर्जा लिएर खेती गर्नु पर्छ। तर, उखु लिएर उद्यागीले भुक्तानी दिदैंन। हातमुख जोड्न कठिन हुन्छ, बैंकलाई ब्याज तिर्न पनि धौंउधौंउ पर्छ,’हरिश्याम भन्छन्,‘खेतीमा फाइदा हुने कुरा त परेको हो लगानी पनि उठदैंन।’ किसानले उब्जाएको उखुले उद्योगपति धनी भयो तर किसान ऋणको भेलमा डुबेको छ।
सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले चिनी मिलले भुक्तानी नदिएको बारे उजुरी नगरी काठमाडौं गएको बताए। ‘कुन चिनी मिलसँग कुन किसानको कति बक्यौता हो सम्बन्धीत चिनी मिलमा प्रमाण सहित निवेदन दिए हामी रकम उपलब्ध गराउछौं,’उनले भने। 

उद्योगीको चरम बदमासीले किसान दु:खी छन्। बालीको भुक्तानी नपाएपछि उखु खेती किसानले घटाउँदै लगेका छन्। ‘कर्मचारी, सरकार र उद्योगीको मिलोमतोका कारण किसानले भुक्तानी पाउदैंन,’नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय संयोजक राजकुमार उप्रेत्ती भन्छन्,‘चिनीको मूल्य बढेको बढैछ तर, उखु मूल्य तीन बर्षदेखि क्वीन्टलको ५३६ रुपैंयामै अडिएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.