चितवनमा नाम मात्रैको निषेधाज्ञा

चितवनमा नाम मात्रैको निषेधाज्ञा

चितवन : कोभिड १९ को दोस्रो भेरियन्ट सुरु भएपछि चितवनमा बैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु गरेको थियो । त्यसबेलादेखि सुरु भएको निषेधज्ञा साउन २४ गते राति १२ बजेसम्मका लागि थप गरिएको छ ।

तर, यसबाट कोरोना संक्रमणको दर घट्नुको साटो उल्टै बढेको छ । निषेधाज्ञामा कडाइ नहुँदा जिल्लामा संक्रमणको दर ह्वात्तै बढेको हो । मुख्यबजार , व्यापारिक केन्द्रमा मानिसको चहलपहल निकै बढेको छ । 

सुरुवाति समयमा चेकजाँचमा कडाइ गरेपनि अहिले खुल्ला गरिएको छ । यसको कारण लापरवाही पनि बढेको छ । नारायणगढ र भरतपुर बजारमा किनमेल गर्नेको भीड बढेको छ । 

कुनै पनि पसलमा सतर्कता अपनाएको पाइँदैन् । मानिसहरु खुल्लारुपमा आवत-जावत गरिरहेका छन् । जिल्ला प्रशासनले निशेधाज्ञा गरेपनि नियम नगर्न नसक्दा संक्रमितको संख्या बढेको छ । 

स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार गएको एक हप्तामा जिल्लामा ९४५ जना नयाँ सङ्क्रमित थपिएका थिए  भने जम्मा ७५४ जना सङ्क्रमणमुक्त भए ।  तथ्याङ्कअनुसार साउन १ गते १७१ जना नयाँ सङ्क्रमित थपिएका थिए । निषेधाज्ञापछि सङ्क्रमणको दर केही कम भएको भन्दै प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाएको थियो । 

तर, सङ्क्रमणको दर भने घट्नुको साटो बढ्न थालेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक प्रसा दतिवारीका अनुसार पछिल्लो केही दिनयता दैनिक परीक्षण भएका नमुनामध्ये करिब २५ प्रतिशतमा सङ्क्रमण देखिने गरेको छ । ‘

'असारको दोस्रो हप्तासम्म घट्न थालेको थियो । अहिले बढ्न थालेको छ ’, उनले भने, ‘अहिले सरदर पीसीआर र एन्टिजेन गरी दैनिक ७०० भन्दा बढी नमूनाको परीक्षण हुँदा सरदर २०/२५ प्रतिशतमापोजिटिभ देखिएको छ ।’

सङ्क्रमणको दर बढ्नुको मुख्यकारण निषेधाज्ञालाई खुकुलो बनाउनु नै हो । चितवनमा पछिल्लो एक महिनामा झण्डै पचास प्रतिशतले संक्रमितको संख्या बढेको छ  । लकडाउन कडाइ हुँदा असार १३ मा एक हजार १४ जना थिए । अहिले बढेर दुई हजार तीसजना सक्रिय संक्रमित छन् । 

निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको दर पनि फैलदो छ । असार २ गते दैनिक ४८ जना संक्रमित रहेकोमा साउनको पहिलो हप्तासम्म यो संख्या बढेर दैनिक २५५ जनासम्म पुगेको छ । असारको पहिलो हप्तासम्म दैनिक संक्रमितको संख्या सय भन्दा तलथियो । साउन सुरुभएपछि संक्रमितको संख्याह्वात्तै बढेको हो । जिल्ला स्वास्थ्यकार्यालयकीअधिकृत गिताञ्जली ढकालले असारको दोस्रो साताबाट संक्रमित बढेको बताइन् । 

सार्वजनिक यातायातमा समेत मापदण्ड लागू भएको पाइँदैन । यात्रुवाहक साधनले कोचाकोच गरेर यात्रु राख्ने गरेको छ।  जिल्लाबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर प्रणाली लागू गरे पनि त्यो लागु हुनसकेको छैन

एण्टिजेन परीक्षणसहित बैशाखबाट यतामात्रै संक्रमितको संख्या १३ हजार ८४ पुगेको छ। कतिपयले खोप लगाएको भन्दै लापरवाही गर्ने गरेको ढकालले बताइन् । ‘ खोप लगाएपछि ढुक्क भएर मास्क नै नलगाएको भेटिएको छ,' उनले भनिन्,' लापरवाहीले संक्रमण बढिरहेको छ । ’

जिल्ला प्रशासन कार्यालय चितवनले भने निषेधाज्ञा जारी गर्न भने छोडेको छैन । चितवनमा जारी निषेधाज्ञा १० दिन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बिहीबार बसेको बैठकले निषेधाज्ञा १० दिनथप गरेको हो ।

सरकारी नियमन निकायले अहिले मापदण्ड पालना भएनभएको अनुगमन गरेको छैन ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले लकडाउनलाई कडा बनाउन लागेको बताए । ‘ हामीले केही खुकुलो बनाउँदा मानिसहरु सचेत नभएर उल्दै लापरवाही गरेको देखियो । प्रह्रीले मात्रै डण्डा लगाएर मास्क लगाउ भने मात्रै गर्ने नत्र वास्ता नगर्ने परिपाटी देखियो ,’ उनले भने ‘ अब कडाइका साथ प्रभावकारी बनाउने भन्ने छ। हेर्दै जानुस् दुईचार दिनमा कस्तो कडाइ हुन्छ ।’ 

स्थानीय तहमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा र सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा संक्रमित छन् । जिल्लामा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीनसय २७ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.