घर-घरमा धारा पुगेपछि झयारीबासी हर्षित

घर-घरमा धारा पुगेपछि झयारीबासी हर्षित

मुगु : पुर्खौंदेखि खोलाको पानी उपभोग गर्दै आएका छाँयानाथ रारा नगरपालिका—८ झयारी गाँउका स्थानीयबासिको घरमा खानेपानीका धारा पुगेपछि झयारीबासि हर्षित भएका छन्। खोलाको पानी उपभोग गर्दै आएका झयारी गाँउका १ सय २८ घरधुरीलाई घरकै आँगनमा निर्माण गरिदिएपछि उनीहरु हर्षित भएका हुन्।

गाँउबाट तीन किलोमिटर टाढा बुलबुले भन्ने स्थानबाट ल्याएको पानी गाँउमाथि आरबिटी टयाङ्की निर्माण गरेर वितरण गरिएको हो। कूल लागत २० लाख ६४ हजार ६ सय ९५ रुपैयाँ ४१ पैसामध्ये छाँया नेपालले जम्मा १६ लाख ६६ हजार १ सय ८ रुपैया ५६ पैसा आर्थिक सहयोग र बाँकी समुदायको श्रमदानबाट एक घर एक धारा निर्माण भएको खानेपानी उपभोक्ता समितिका सचिव नन्दबहादुर रावलले जानकारी दिए । 

वर्षौदेखि खोलामा पानी ल्याउन जाँदा बर्षामा हिलो र हिउँदमा घुडाँसम्म हिउमा डुबेर खोलाको खानेपानी ल्याउन जानु परेको हुन्थ्यो। अहिले घर घरमा धारा निर्माण हुँदा सबैभन्दा महिलाहरुलाई सहजता भएको छ । खोलाको पानी उपभोग गर्दा बर्षामा हिलो पानीले हैरान बनाउथ्यो खोलाको पानीमा पशुचौपायको गोबरदेखि अन्य फोहोर मिसिएको हुन्थ्यो अहिले घर घरको आँगनमै धारा निर्माणले गर्दा आफूलाई चाहिएको बेला सुरक्षित खानेपानी उपभोग गर्न पाएको झयारी गाँउकी ईश्वर रावलले बताइन् ।

यो गाँउमा हालसम्म कुनै निकायबाट खानेपानीका योजना संचालनमा आएका थिएनन् । धेरै निकायमा सुरक्षित खानेपानीका लागी पहलकदमी भएपनि कसैले चासो नदिँदा बर्षौदेखि खोलाको पानी खान बाध्य भएका झयारीबासिका लागी घर-घरमै धारा निर्माण हुँदा खानेपानीका लागी सहज भएको उपभोक्ताहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.