चितवनमा तेस्रो भेरिएन्टको खतरा, तर तयारी सुस्त

चितवनमा तेस्रो भेरिएन्टको खतरा, तर तयारी सुस्त

चितवन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै सचेत गराएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएपछि संभावित खतराको आंकलन गरिएको छ । तैपनि कोरोना संक्रमणको सम्भावित खतरा रोक्न खासै तयारी देखिएको छैन । जवकि स्वास्थ्य मन्त्रालयले तेस्रो भेरिएन्टको भयावह हुन सक्ने भन्दै सचेत गराउँदैआएको छ।

स्वास्थ्य कार्यालय चितवनले पछिल्लो समय सङ्क्रमितको संख्या बढ्दै गएका कारण कोरोनाको तेस्रो लहर चाँडै आउन सक्ने अनुमान गरेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले यसअघि डेल्टा भेरिएन्ट देखिएको हुनाले समुदायमा यसको सङ्क्रमण रहन सक्ने खतरा भएको बताए ।

‘दुई जनामा डेल्टा भेरिएन्ट भेटिएपछि समाजमा नहोला भन्न सकिन्न । त्यसको असर समुदायमा हुन सक्छ ’तिवारीले भने ‘अरुमा पनि यो भेरिएन्ट देखिन सक्छ, सावधान हुन जरूरी छ ।’

जिल्लामा कार्यरकत चिकित्सकहरु तयारी नपुगेको बताउँछन् । दोस्रो भेरिएन्टको संक्रमणको महामारी हुँदा केही माहोल बढे पनि फेरि सुस्ताएको छ । अस्पतालमा भेन्टीलेटरको संख्या बढेको छैन । महामारीको बेला जोखिम कम गर्न छुट्टै कोभिड अस्पताल बनाउने भनिए पनिअहिलेसम्म हुन सकेको छैन ।

अक्सिजन प्लान्टहरु थप्ने भनिए पनि कहीँ पनि कामको प्रगति भएको छैन । अब आउने भेरिएन्टले क्षति गर्न सक्ने आंकलन गरिए पनि त्यसको नियन्त्रणको लागि तयारी नभएको एलाइभ अस्पतालका प्रमुख डा प्रमोद लामिछानेले बताए । ‘यहीअवस्था हो भने अब आउने महामारीले दुख देला जस्तो छ ’ उनले भने ‘जति गम्भीर हुन पर्ने हो, जुन रफ्तार हुनु पर्ने हो त्यो देखिएको छैन ।’

अघिल्लो दुई चरणमा सबैभन्दा बढी जनशक्तिको कारण समस्या देखिएको थियो । चिकित्सकहरुले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल बढाउन सरकारसँग पटक पटक माग गरेका थिए । अस्पतालमा खटिने अग्रपंक्तिका चिकित्सक र स्वासथ्यकर्मीका लागि तालिम दिइएको छैन । तयारीको सुरुवात बसैभन्दा पहिले जनशक्तिको व्यस्थापनबाट गर्न नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा. अनिल विक्रम कार्कीले बताए ।

जनशक्ति व्यवस्थापनमा सबैभन्दा पहिले तयारी गर्न जनशक्ति व्यवस्थापन नभएपछि असर पर्न सक्ने उनको भनाइ थियो । ‘२० वर्षअघिको दरबन्दीले चलिरहेको जनशक्तिले अबको महामारीमा काम गर्न सक्दैनन्, ’ उनले भने ‘ चुनावमा म्यादी प्रहरी जस्तो नियुक्त गरेर कसरी काम हुन्छ ? दक्षता, योग्यता र क्षमताको आधारमा नियुक्त गरिनुपर्छ । ’

डेल्टा भेरिएन्ट सबै उमेर समूहका व्यक्तिलाई हुने र यसले फोक्सोमा बढी असर गर्ने र छिटो फैलिने चिकित्सकहरु बताउँछन् । पहिलो लहरको अल्फा भेरिएन्ट भन्दा यो बढी जोखिमयुक्त हुने र हावाबाट पनि सर्ने विशेषज्ञ चिकित्सकहरुले बताएका छन् ।

तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भनिएको छ । तर बालबालिका लक्षित गरेर तयारी खासै छैन । चितवन मेडिकल कलेजले बालबालिकाका लागि सघन उपचार कक्ष बनाइसकेको छ । नेपाल सरकारको नीति तथा कार्यक्रमअन्तर्गत २ करोड ४० लाख बजेटमा भरतपुर अस्पतालमा पनि कोभिड लक्षित गरेर पिआईसियु बनाउने प्रक्रियाको टेण्डर भइसकेको छ । तर २० बेड चितवनको लागि पर्याप्त नभएको भरतपुर अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. युवा निधि बसौलाले बताए । ‘भरतपुर रिफर सेन्टर हो, यहाँ चितवनको मात्रै नभएर अन्यत्रबाट समेत विरामी आँउछन् । यही अवस्थाले धान्न गारो छ ।’

यसअघि चितवनमा पाँच जना शङ्कास्पद बिरामीको नमुना जाँचमा दुई जनामा डेल्टा भेरिएन्ट पुष्टि भएको थियो । भरतपुर अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएको थियो । सो प्रयोगशालाले तीमध्ये दुईवटा नमुना मात्रै अन्तर्राष्ट्रिय प्रयोगशालामा पठाएको थियो । दुवै नमुनामा डेल्टा भेरिएन्ट प्रमाणित भएको थियो ।

अहिले चितवन जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमित बिरामीहरुमा नयाँ डेल्टा भेरिएन्ट देखिएको छैन । भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोर्डिनेटर डा. प्रमोद पौडेलले पछिल्लो समय डेल्टा भेरिएन्टका शङ्कास्पद बिरामी नभेटिएको बताए ।

बिस्तारै चितवनमा कोरोना सङ्क्रमितका बिरामी बढ्न थालेका छन् । असपतालमा विस्तारै विरामीको चाप बढ्न थालेको छ । यही आधारमा सङ्क्रमितको संख्या बढ्दैगए तेस्रो लहर चाँडै आउन सक्ने तिवारीले बताए । त्रसित नभई सङ्क्रमण रोक्न जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नु स्वास्थ्य कार्यालय चितवनले सबैमा आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.