'रोधी बस्दा पर्योनी रातै' बजारमा
काठमाडौं : क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी “रोधी बस्दा पर्योनी रातै 'गीतको सार्वजनिक भएको छ । गीतमा कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वरमा रहेको गीत सार्वजनिक भएको हो ।
गैर आवासीय नेपाली संघ एन आर एन को मानार्थ सदस्य एवम अन्तराष्ट्रिय समन्वय परिषदकी सदस्य गीतकार प्रमिलाको भंगेरी चरी , सेवा गरौ ,बनकी चरी , यो जिन्दगीको ,फर्की आउ मेरो हजुर । प्रेम गरौ , देश निमार्णको संकल्प , घरि घरी लगायतका गीत बजारमा चर्चामा रहेका छन् । मौलिक लोक सस्कृतिलाई आम दर्शक तथा स्रोता माझमा प्रवासमा रहेर पनी पस्किन पाउदा आफुलाई निकै खुशी लागेको गीतकार प्रमिलाले बताइन ।
कमल बिसी माल्दाईकै संगीत रहेको यस गीतमा एक जोडीले रोधीमा गीत गाउदा गाउदै बिहे गर्ने निधो गरेको कथा समेटिएको छ । प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङगलाई गीतमा समावेश गरिएको छ । गीतमा सुनिल परियारको एरेन्ज र कुमार रानाको मिक्सीङ रहेको छ ।
बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा सरोज प्याकुरेलको निर्देशन देबेन्द्र कुँवरको कोरियोग्राफी गीतको भिडियोमा रहेको छ । गीतको भिडियोमा प्रदिप रोक्का र रितु तामाङको अभिनय रहेको छ ।