परासी कांग्रेस: थपघट गरिएका क्रियाशील सदस्यको नाम रद्द गर्न माग

परासी कांग्रेस: थपघट गरिएका क्रियाशील सदस्यको नाम रद्द गर्न माग

परासीः पश्चिम नवलपरासी जिल्लाका केही वडाहरुमा क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा थपघट गरेको भन्दै कांग्रेसको एक समूहले रद्द गर्नुपर्ने माग गरेको छ ।

संघीय क्षेत्र कार्य समिति क्षेत्र नं. २ का सभापति नरेन्द्र कुमार गुप्ता र सोही क्षेत्रका प्रदेश कार्य समिति सभापति दिनेश मणि पाठकले आइतबार विज्ञप्ती निकालेर प्रकृया नपुगेका कारण जिल्ला र क्षेत्रले समेत टुंगाउन नसकेका नामहरु जिल्लाका केही नेताहरुको दबाबमा केन्द्रमा थपघट गरेको आरोप लगाइएको हो ।

रामग्राम नगरपालिकाको वडा नं. ३, १५,१६ र पाल्हीनन्दन गाउँपालकाको वडा नं. ४ मा सदस्यता सम्बन्धी वडा स्तरबाटै विवाद उत्पन्न थियो । केन्द्रमा गठित छानविन समितिको प्रतिवेदनले समेत उक्त वडाहरुमा नयाँ सदस्यता थप नगरी १३ औं महाधिवेशनका सदस्यबाट अधिवेशन गर्न राय दिइएको तर अधिवेशन आफू अनुकुल बनाउन जिल्लाका केही नेताहरुले नामावली थपघट गरेको आरोप विज्ञप्तीमा लगाइएको छ । छानविन समितिले टुंगो लगाउन नसकेका नामावलीहरु अहिले केन्द्रीय पदाधिकारीहरुलाई जिम्मा दिइएको र नाम थपघट गर्दा अधिवेशन नै प्रभावित हुने भएकाले त्यसलाई रद्द गरी समितिले बुझाएको रायलाई मान्यता दिन उनीहरुको माग छ ।

अन्य पालिकाहरुका केही वडाहरुमा पनि एकपक्षिय रुपमा नामावली थप घट गर्ने, पोष्टिङ्ग भइसकेका नाम झिकेर आफू अनुकुलका व्यक्तिहरुको नाम राख्ने कार्य भइरहेकोले त्यसतर्फ समेत केन्द्रीय पदाधिकारीहरुलाई ध्यानआकर्षण गराउँदै विज्ञप्तीमा त्यस्ता नामावलीहरु रद्द गर्न विज्ञप्तीमा माग गरिएको छ । जिल्लाबाट नयाँ र पुराना गरी ९ हजार बढी क्रियाशील सदस्यहरुको नामावली पठाइएको पार्टी जिल्ला समितिले जनाएको छ ।

जिल्लामा कांग्रेसका २ समूह छन् । जिल्ला सभापतिका लागि अहिले संविधानसभा सदस्य विक्रम खनाल समूहबाट अर्जुन कुमार पोखरेल र प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्यदेवेन्द्रराज कँडेल समुहबाट मोहन शर्माको नाम चर्चामा छ । पोखरेल वर्तमान जिल्ला उपसभापति हुन भने शर्मा शिक्षक संघका पूर्व जिल्लाअध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.