ओखलढुंगाः २ जनाको मृत्यु, संक्रमित थपिएपछि बजार बन्द

ओखलढुंगाः २ जनाको मृत्यु, संक्रमित थपिएपछि बजार बन्द

ओखलढुंगाः देशभर कोरोना संक्रमणको दर बढिरहँदा ओखलढुंगामा पनि दैनिक संक्रमित थपिने क्रम जारी छ ।

आइतबार मात्रै दुईजना संक्रमितको उपचारका क्रममा ज्यान गयो । सिद्धिचरण नगरपालिका वडा नं. ११ र १२ का एक/एक जना पुरुषको ज्यान गएको हो ।

त्यस्तै सदरमुकाम ओखलढुंगामा आइतबार १६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार २७ जनामा कोरोना संक्रमण देखिएको थियो । दैनिक कोरोना संक्रमण बढ्ने र मृत्यु समेत हुन थालेपछि सदरमुकाम बजार क्षेत्रका व्यवसायीले स्वस्फूर्त बजार बन्द गरेका छन् । खाद्यन्न तथा अन्य वस्तु कारोबार हुने पसल बन्द गरेका हुन् ।

जिल्लामा ३ सय ३७ सक्रिय संक्रमित पुगेका छन् । घरघरै संक्रिमित भेटिन थालेकाले सुरक्षाका लागि बजार बन्द गर्न आवश्यक रहेको युवा व्यवसायी सिजन श्रेष्ठले बताए ।

जिल्लामा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या सरकारी तथ्यांकमा ११ पुगेको छ । कोरोनाकै कारण अरु २ जनाको ज्यान गए पनि यो संख्या भने सरकारी निकायले मानेका छैनन् । मृत्यु हुनेको संख्या भने १३ छ ।

लामो समयको निषेधाज्ञाका कारण व्यवसाय चौपट भएपछि साना तथा ठूला लगानीका व्यवसायीले पसल तथा होटलहरु निषेधाज्ञाको बीचमा पनि सुरु गरेका थिए ।

पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा भएकाले सरकारी निकायले अनुगमन र नियमन प्रभावकारी रुपमा गर्नु पर्ने भए पनि त्यसो नहुँदा अहिले समस्या आएको व्यवसायीको गुनासो छ ।

स्थानीय प्रशासनको कडाइका बीचमा पनि स्थानीय सरकार जिम्मेबार नबन्दा कोरोनाको ग्राफ बढेको उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के बताउँछन् । सिद्धिचरण नगरपालिकाकाका कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पनि कार्यालय सुचारु छ । बजारबासीले भने नगरपालिका र बजार क्षेत्र शिल गर्नु पर्ने बताएका छन् ।

यसैबीच आइतबारबाट भेरोसेल खोप लगाउन सुरु गरिएको छ । जिल्लाका सबै नागरिकलाई खोप दिइनु पर्ने उपभोक्ता अधिकारकर्मीले माग गर्दैआएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.